कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ मा तीन महिने सिलाइ बुनाइ तालिम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, भाद्र १२ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ मा तीन महिने सिलाइ बुनाइ तालिम समापन गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक सहयोगमा दिदीबहिनी फाउन्डेसनको आयोजना तथा ब्रम्हदिप क्लब संगको सहकार्यमा उक्त तीनमहिने सिलाइ बुनाइ तालिमको शुक्रबार एक कार्यक्रमका बीच समापन गरिएको छ।
नगरपालिका प्रमुख कृष्णहरि थापाको प्रमुख आतिथ्यमामा सम्पन्न उक्त तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको थियो। समापन कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख थापाले उनले सिप बाट मात्र समाजको आर्थिक समृद्धि हुने भन्दै सिपलाइ ब्यवहारमा लागु गरि प्रयोगमा ल्याउनु पर्नेमा जोड दिएका थिए। उनले थप एडभान्स तालिम आवश्यक भएमा नगरपालिका तालिम दिन तयार रहेको जानकारी गराएका थिए । कार्यक्रममा वडा अध्यक्ष भाइकाजी अधिकारी लगायत कर्मचारी र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।