गोकर्णेश्वरमा शुक्रबार ६ हजार ४ सय २२ जनाले  कोभिड १९ बिरुद्द भेरोसेल खोपको दोस्रो मात्रा लगाए

कपन अनलाइन

काठमाडौं, भाद्र १२ । गोकर्णेश्वर नगरपालिकामा शुक्रबार ६ हजार ४ सय २२ जनाले  कोभिड १९ बिरुद्द भेरोसेल खोपको दोस्रो मात्रा  लगाएका छन । जसमा पुरुष ३०४३ जना र महिला ३३७९जना गरि कुल ६ हजार ४ सय २२ जनाले  कोभिड १९ बिरुद्द भेरोसेल खोपको दोस्रो मात्रा  लगाएका हुन। २०७८ साल श्रावण १४ गते  देखि  १९ गते सम्म कोभिड १९ बिरुद्दको  भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई  २०७८ साल भाद्र ११ गते र १२ गते बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म कोभिड १९ बिरुद्द भेरोसेल खोपको दोस्रो मात्रा निम्न  ६ वटा खोप केन्द्र

 १) श्री बाल सुधार माबी गोकर्णेश्वर २  नयाँपाटी,

 २) श्री सहयोगी माबी गोकर्णेश्वर ४  गोकर्ण

 ३) श्री बिध्या सागर इंगलिस स्कुल गोकर्णेश्वर ५ जोरपाटी

 ४) श्री चामुण्डा माबी गोकर्णेश्वर ६ नारायणटार

 ५) श्री लर्ड्स लाइट एकेडेमि गोकर्णेश्वर ६ रामजानकी टोल

 ६) श्री अरुणोदय माबी गोकर्णेश्वर ९ आरुबारी  बाट खोप सेवा संचालन गरेको छ। खोप आज पनि जारि रहेने छ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।