प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त

कपन अनलाइन 

काठमाडौं भाद्र १२।राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् ।नेपालको संविधानको धारा २६७ को उपधारा ( ५) बमोजिम  मन्त्रीपरिषद्‌को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका बालाधिकृत रथी  प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । पदावधि समाप्त हुने एक महिना अघि अर्थात साउन २५ गतेदेखि उनी घरविदामा बस्ने हुनाले जेष्ठताका आधारमा शर्मा कायममुकायम प्रधान सेनापति तोकिएका थिए ।

शर्माले Indiaबाट राष्ट्रिय प्रतिरक्षा, USAबाट आतङ्कवाद तथा सुरक्षा, Thailand र Pakistanबाट प्रतिरक्षा एवम् Bangladeshबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम  लिएका छन  भने TUबाट इतिहासमा Masters र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनैतिक शास्त्रमा M.Phil गर्नुभएका शर्माले नेपाल तथा विश्वको इतिहासलगायत राष्ट्रिय प्रतिरक्षा सम्बन्धमा गहन अध्ययनसमेत  गरेका छन्  ।

तपाइँको प्रतिक्रिया ।