निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

काठमाडौ, २२ फागुन । नेपाल आयल निगमले डिजल, मट्टितले र पेट्रोलको भाउमा प्रति लिटर १ रुपैयाँले वृद्धि गरेको छ ।
petrol-increase1
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेकाले यहाँपनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ । बढेको मूल्य शुक्रबार राति १२ बजेबाट लागू हुनेछ । अब पेट्रोलको प्रति लिटर मूल्य १ सय १० एवं डिजल र मट्टितेलको ८७ रुपैयाँ ५० पैसा पुगेको छ । पेट्रोलको भाउ १ सय ९ रुपैयाँ एवं डिजल र मट्टितेलको ८६ रुपैयाँ ५० पैसा थियाे ।

तपाइँको प्रतिक्रिया ।