सूर्यबहादुरको निवासमा डिनरसहितको शीर्ष बैठक

सूर्यबहादुरको निवासमा डिनरसहितको शीर्ष बैठक

काठमाडौ, २२ फागुन : शनिबार विहान सत्तापक्ष र एमाओवादी नेतृत्वको विपक्षी मोर्चाबीच वार्ता हुनुअघि पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष सुर्यबहादुर थापाको निवासमा शुक्रबार साँझ शीर्ष नेताहरुको बैठक बसेको छ ।

दलहरुबीच पछिल्लो डेढ महिना यता वार्ता हुन नसकिरहेको अवस्थामा थापाले शीर्ष नेताहरुलाई आफ्नो निवास मालीगाँउमा डिनरसहितको भेला गराएका हुन् । शनिबार दुई पक्षबीच हुने वार्ताअघि भएको भेलालाई पछिल्लो गतिरोध अन्त्य गर्न सहज भूमिका खेल्ने विश्वास गरिएको छ ।

बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेसी जनअधिकार फोरम–लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदा र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र राप्रपा अध्यक्ष पशुपति शमसेर राणा उपस्थित छन् ।
top-leaders (1)
यसअघि एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले बिहिबार सत्तापक्षसँग वार्ता गर्ने निर्णय गरेपछि स्थिति सहज बनेको हो । उक्त निर्णयपछि प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच शनिबार विहान वार्ता गर्ने सहमति भएको थियो ।

तपाइँको प्रतिक्रिया ।