१२ बजेपछि वैद्य समुहले प्रतिक्रिया व्यक्त गर्ने

१४ जेठ,काठमाडौ।  माओवादीको वैद्य पक्षले एक जातीय पहिचान सहितको १४ प्रदेशको अडान नछाड्ने भएको छ। राजधानीको बुद्दनगरमा आफ्नो समुहको छलफलमा यस्तो निष्कर्ष निक्लिएको सो समुहका नेताहरुले बताएका छन्। शीर्ष दलका शीर्ष नेताहरु नयाँ संविधानमा सहमतिको लागि जुटिरहँदा वैद्य पक्षले उनीहरको सहमतिलाइ कुर्ने  भएको छ।

‘समग्र प्रक्रिया भाँड्ने पक्षमा हामी छैनौं, १२ बजे कुनै न कुनै सहमति आउला त्यसलाई हेरेर धारणा सार्वजनिक गर्छौं ।’ सिपी गजुरेलले बताए।
तपाइँको प्रतिक्रिया ।