एकाएक बिग्रियो सहमति, माओवादीद्धारा नयाँ चुनावको प्रस्ताव

१४ जेठ, काठमाडौ । सिंहदरबारमा जारी तीन दल, मधेषी मोर्चा, वैद्य पक्ष र बृहत मधेषी नेताहरूको बैठकमा एकिकृत नेकपा माओवादीले नयाँ संविधानसभाको चुनावमा जाने नयाँ प्रस्ताव राखेको छ ।

दिउँसोसम्म सहमति हुने वातावरण भएको बताउँदै आइएको भएपनि एकाएक सहमति भाडिएको छ । अहिले बसिरहेको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले नयाँ संविधानसभाको चुनावमा जाने प्रस्ताव ल्याएपछि दिउँसो भएको सबै सहमति भइसकेको छ भन्ने प्रचारबाजी गलत भएको बुझिएको छ । प्रचण्डले ल्याएको उक्त प्रस्तावमा अहिले छलफल भइरहेको छ भने आज संविधान जारी गर्ने सम्भावना करिव करिव समाप्त भएको बैठकबाट बाहिरिएका वैद्य पक्षिय नेता देव गुरूङ, एमाले नेता केपी ओली र पोष्टबहादुर बोगटीले बताएका छन् ।
तपाइँको प्रतिक्रिया ।