बुढानिलकण्ठ -१२ को महिला भवन निर्माणमा विवाद : संधियारले सार्वजनिक संरचना भत्काए

बुढानिलकण्ठ -१२ को महिला भवन निर्माणमा विवाद : संधियारले सार्वजनिक संरचना भत्काए

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ७।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा निर्माण भएको महिला सामुदायिक भवन उद्घाटन नहुँदै विवादमा परेको छ । वडा नं १२ को ढुंगेनको बस्तीमा निर्माण भएको सो सामुदायिक भवन जग्गा सिमांकनका कारण विवादमा परेको हो।सो स्थानको गणेश मन्दिर संगै निर्माण भएको भवनका केहि भाग संधियारले भत्काई दिए संगै अहिले त्यहा विवाद सृजना भएको हो।

उक्त सामुदायिक भवन निर्माण गर्दा त्यस भवनको केहि भाग उक्त जग्गाका संधियार रामेश्वर र धर्म गुरुङको जग्गामा परेको भन्दै उनीहरुले पर्खाल ,सौचालय र हलका केहि भाग अचानक भत्काई दिएपछी सो विषय अहिले निकै चर्चामा रहेको छ।

वडा कार्यालयले सार्वजनिक प्रयोजनका लागि निर्माण गरेको सो भवनक अकाही भाग संधियारले भत्काए पछी के भएको हो ? भनि कपन अनलाइनले राखेको जिज्ञाशामा वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले वडाले यसका वारेमा फिल्ड निरीक्षण ,नाप जांच गर्ने बताउदा बताउदै पनि भवन भत्काउनु उचित नभएको बताएका छन।

त्यस जग्गाका संधियारहरुले अहिले सम्म कुनै पनि लिखित उजुरी वा जानकारी वडामा नदिएको भन्दै अध्यक्ष भट्टराईले सार्वजनिक सम्पत्ति माथि भएको क्षेती गम्भीर कार्य भएको बताएका छन।

सरोकारवाला निकायको सल्लाह र छलफल विना सार्वजनिक सम्पत्तिमा क्षेती पुर्याउनु गैरकानुनी भएको भन्दै अध्यक्ष भट्टराईले यस्ता निन्दनीय कार्यको भ्रत्सर्ना पनि गरेका छन।

त्यस्तै यस विषयमा संघियार जग्गा धनि रामेश्वर गुरुङलाई सम्पर्क गर्दा उक्त सामुदायिक भवन भत्काएको स्वीकार गर्दै यस विषयमा पटक पटक आफु वडामा जाँदा पनि कुनु सुनुवाई नभएको बताएका छन।

सो भवन र संगै रहेको गणेश मन्दीरका कारण आफ्नो जग्गाको व्यवसायिक प्रयोजनमा अशर पुगेको भन्दै उनले आफ्नो जग्गामा भवनका संरचना परेकोले भत्काएको बताएका छन।

आफ्नो जग्गाको करिव साढे तिन फिट क्षेत्रफलमा उक्त सामुदायिक भवनका विभिन्न संरचना परेको भन्दै गुरुङले त्यसको स्थलगत सर्जमिन र नापजाँच गरेर सत्यतथ्य छानविनका लागि आफु कानुनी उपचारमा जाने बताएका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।