यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ७।

मनसुनी प्रणाली सक्रिय हुदाँ आउने आज र भोली भारी वार्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी वायु न्यूनचापीय रेखा नेपाल प्रवेश गर्ने भएकाले भारी वर्षा हुने बताइएको छ । सो दिन उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाका  मौसमविद्ले जानकारी दिएका छन।

आइतबारदेखि मंगलबार रातीसम्म सामान्य वर्षा हुनेछ । यस वर्षको मनसुनी अवधिमा सरदर औषतमा भन्दा बढी वर्षा हुने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तर हालसम्म दिउँसोभन्दा पनि रातीको समयमा सामान्य बर्षा भएर सरदरको औषत बर्षा मात्र भएको मौसमविद् पौडेलले जानकारी दिए । मनसुनी प्रणाली असोज १५ गतेसम्म सक्रिय रहने भएकाले अझै भारी वर्ष हुने सम्भावना बढी रहेको महाशाखाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।