नेकपा एमाले ओखलढुंगामा दुई बैठकले नेता र कार्यकर्ता “कन्फ्युज”

नेकपा एमाले ओखलढुंगामा दुई बैठकले नेता र कार्यकर्ता “कन्फ्युज”

कपन अनलाइन

काठमाण्डौ , भाद्र ६।

नेकपा एमाले ओखलढुंगामा दुई बैठकले नेता र कार्यकर्ता “कन्फ्युज” भएका छन। भोलि भाद्र ७ गते आयोजना गरिएको जिल्ला कमिटीको बैठक नेकपा एमालेका दुई समुहले दुई स्थानमा डाकेपछी अहिले  नेता तथा कार्यकर्ताहरुमा अन्यौलता छाएको छ।

लामो समय देखि एकै कार्यालयमा समानान्तर  दुई अध्यक्षको अभ्यास गरेका  केदारबाबु बस्नेत र नेत्र भट्टराईको नेतृत्वमा दुई स्थानमा फरक समय राख्दै बैठक बोलाए पछी अहिले जिल्लाको राजनीतिक माहोल तातेको छ।

बस्नेतको तर्फ बाट जिल्ला कमिटीका सचिव तिर्थ सुवेदीले जिल्ला कमिटीको बैठक दिनको १ बजे बस्ने जानकारी गराएका छन भने नेत्र भट्टराईको तस्विर राख्दै तत्कालिन समानान्तर कमिटीका उपसचिव मावर सुनुवारले दिउसो ११ बजे जिसस हलमा जिल्ला कमिटीको बैठक रहेको भन्दै उपस्थितिका लागि अनुरोध गरेका छन।

नेकपा एमालेको विभाजन पछी पनि दुई समुहको रुपमा जिल्ला कमिटीको बैठक आव्हान गर्दा राम्रो राजनीतिक सन्देस नजाने अवस्थामा पनि जिल्लामा समानान्तर जस्तो गतिविधि जारि रहनु राम्रो नभएको एक बुद्दिजीवीले बताए।

विषम राजनीतिक परिस्थितिमा देखिएको विवादले पार्टीलाई घाटा पर्ने तर्फ सोच्नुपर्ने बताउदै उनले जेष्ठ २ को अवस्थालाई मानेर तेश्रो अध्यक्षको नेतृत्वमा एकीकृत बैठक बस्न सकिने धारणा राखेका छन।

 

तपाइँको प्रतिक्रिया ।