कीर्तिपुर नगरपालिका वडा नं २ मा निःशुल्क महिलाहरुको पाठेघर र थाइराइड परीक्षण शिविर सम्पन्न
कपन अनलाइन
काठमाडौँ, भाद्र ५ ।कीर्तिपुर नगरपालिका वडा नं. २ मा निःशुल्क महिलाहरुको पाठेघर र थाइराइड परीक्षण शिविर सम्पन्न भएको छ । महिला लक्षित कार्यक्रम अन्तर्गत कीर्तिपुर नगरपालिका वडा नं २ को आयोजनामा शुक्रबार वडा नम्बर २ स्थित देवढोका सामुदायिक भवनमा बिहान १० बजे देखि अपरान्ह ३ बजे सम्म संचालन भएको उक्त शिविरमा ९३ जना महिलाले पाठेघर परिक्षण गराएका मध्ये ३ जनामा जटिल समस्या देखा परेको आयोजकले जानकारी गराएको छ ।
कीर्तिपुर अस्पतालका नि.निर्देशक डा. पेरु प्रधानको संयोजकत्वमा सञ्चालित उक्त शिविरमा विष्णुदेवी अस्पताल र लायकु स्वास्थ्य चौकका डा. सुब्रिना राजभण्डारी र डा. सुष्मा ढकाल सहितको टोलि सम्मिलित रहेका थिए । कार्यक्रममाकीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्का र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा लगायतले शिविरको अबलोकन गर्नुका साथै थाइराइड पनि जाँच गराएका थिए । शिविरमा अयोजक वडा नं. २ का वडाअध्यक्ष रमेशमान डंगोलको पनि उपस्थिति रहेको थियो ।
फोटो : नगर संदेश