स्थानीय तहमा बेथिति २ : ३७ स्थानीय तहका पदाधिकारीले लिए दोहोरो सुविधा

कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।

नेपालका ३७ स्थानीय तहका पदाधिकारीले  दोहोरो सुविधा लिएका छन । स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बधि ऐन २०७५ को दफा ८  विपरित सुविधा  लिएका हुन ।

सरकारी कोष बाट निवृतिभरण लिएका ब्यक्तिले एउटा मात्र सुविधा पाउने व्यवस्था विपरित ति ३७ स्थानीय तहले ३ करोड ६२ लाख ५ हजार पारिश्रमिक भुक्तानी गरेका छन।

यसरी प्राप्त गरेको सुविधा फिर्ता लिनका लागि महालेखा परीक्षकको कार्यालयले सिफारिस गरेको छ ।

तपाइँको प्रतिक्रिया ।