स्थानीय तहमा बेथिति १ :नियम विपरित स्वकीय सचिव र सल्लाहकार राखेर ९ करोड २९ लाख १६ हजार भुक्तानी
कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।
नेपालका १३१ स्थानीय तहले नियम विपरित स्वकीय सचिव र सल्लाहकार नियुक्त गरेर ९ करोड २९ लाख १६ हजार पारिश्रमिक भुक्तानी गरेका छन ।
ति स्थानीय तहले कुनै पनि नियममा नभएको स्वकीय सचिव र सल्लाहकारको पद सृजना गरेर नियम विपरित सो रकम भुक्तानी गरेको प्रतिवेदन महालेखा परीक्षकको कार्यालयले रास्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ।
त्यस्तै ९३ स्थानीय तहले तोकिएको भन्दा फरक शिर्षकमा मासिक सुविधा वापत ५ करोड ९८ लाख ३६ हजार बढी भुक्तानी गरेका छन भने ४७ स्थानीय तहले पोशाक भत्ता वापत १ करोड ९० लाख ७३ हजार भक्तानी गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरि ८४ स्थानीय तहले नियममा नभएको संचार ,अनुगमन,घरभाडा ,यातायात र इन्धन वापत ३ करोड ६३ लाख ५७ हजार भुक्तानी गरेका छन भने २८ स्थानीय तहले नियममा नभएको पर्व खर्चमा १ करोड ४३ लाख ८१ हजार खर्च गरेका छन।
नियम विपरित खर्च भएको सो रकम सम्बन्धित स्थानीय तह बाट अशुल गर्न महालेखा परीक्षकको कार्यालयले सिफारिस गरेको छ।