सुहागरात : पेशल आचार्य ( लघुकथा )

सुहागरात : पेशल आचार्य ( लघुकथा )

कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।
चुनाव जितेपछि नेता खुसी भए । धेरै वर्षदेखि उनले नजितेको चुनाव क्षेत्रमा फेरि एकपटक रौनक आयो । कुखुरा भुत्ल्याइए । खसी काटिए । राँगा लडे । बियर र रक्सीका बिर्का खोलिए । माहौल यस्तो भयो कि सबै खुसहाल देखिए ।
एकाएक नेता पत्नीको मुहारमा कालो बादलको धर्सा देखियो । नेताले पत्नी खुसी पार्नका लागि बेलुका खुुुसुक्क कानमा भने – अब तिमीले चाहे अनुसार सांसद विकास कोषको रकम चलाउन पाउने भयौ ।
जनताका नेताको यो भनाइपछि एक्कासी नेता पत्नीको मुहारमा चन्द्र रश्मिको कान्ति
छायो ।
उनले भनिन् –हजुर अब हाम्रो सुहागरात सुरु भयो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।