“अर्थतन्त्रमा सुधार ल्याउन स्थानान्तरण नीतिमा सुधारको आवश्यक”
कपन अनलाइन
काठमाडौँ, भाद्र ५/ अमर प्रकाश तिवारी पोर्चुगलका ग्रामिण भेगमा अधिकांस एसियनहरु स्थाई बसोबासको लागि संघर्ष गर्छन । हरेक नयाँ तिन जना बिदेसी मध्ये एक एसियन पोर्चुगलमा आफ्नो सुनौलो भबिष्य निर्माण गर्न पुग्छन । हेर्दा नेपाल जस्तै देखिने पोर्चुगलका ग्रामिण क्षेत्र पछिल्लो चरणमा एसियालीमय भयको छ । एसियालीहरु स्थाई बसोबास (परमानेन्ट कार्ड) को चक्करमा त्यहाँ पुग्ने, र त्यही बस्ने, काम गर्ने गेरको तथ्य सार्बजानिक भएको छ भने पोर्चुगल सरकारले त्यस्ता आप्रबासी प्रति धेरै सहज उद्धार नीति लिएको छ ।
युरोपेली रास्ट्र मध्य सहज सरल र खर्च कम लाग्ने भएकोले पनि यो छेत्रमा आप्रबासीको संख्या बढेको छन् भने युरोपेली जुनसुकै ठाउमा गएका नेपाली प्राय परमानेन्ट कार्ड बनाउन पोर्चुगल आउने र कार्ड नबनुन्जेल यतै बस्ने गर्छन । कतिपएले त यतैको नागरिकता र पास्पोर्ट समेत बनायर कानुनि रूपमै पर्चुगी नागरिक सरह पोर्चुगल र अन्य युरोपेली राष्ट्रहरुमा बस्दै र काम गर्दै आएको पनि छन् । युरोप जाने अबिलाषा बोकेका शिक्षित या भनौ अर्ध शिक्षित जो कोहि पनि युरोपमा काम गर्ने मात्र उद्धेश्य बोकेका हुदैनन् । अधिकांस त्यस्ता नेपाली युवाहरु उतै दिर्घकालिन रूपमा बस्ने र आफ्नो परिवार पनि उतै लाने अभिप्रायले नेपाल छोडेका हुन्छन ।
एक अध्यान प्रतिबेदनमा जनाए अनुसार अब्यबस्थित तथा अनियन्त्रित बजार/बस्ति, बिना पूर्वाधार भएका बिकास, आमजनता प्रति सरकारी रबैया, सरकारी काम गर्ने रबैया, महँगी, असमानता, भ्रष्टाचार र २०/२५औँ बर्ष पढेर लागनी गरेको जीवनको अनिश्चित भबिष्य, आदि धेरै राष्ट्रिय कम्जोर नीतिको मुख्य कारण रहेको उल्लेख गरेको छ । तेस्तै महँगो शिक्षा, महँगो स्वास्थ्योपचार र बेरोजगार आदि जस्ता अन्य कारणले पनि युवा युरोपेली राष्ट्रमा पलायन भएको हो ।
माइग्रेशन पोलिसीकी सस्थापक केथ्लीन न्युलैंडले एक अध्यानमा बिश्वमा माइग्रेशन लहर बढ्नुको प्रमुख कारण भनेको क्षेमतावान व्यक्तिले आफ्नो अनिश्चित भबिष्यलाई चिन्नु नै रहेको बातायाकी छिन । राज्यले आफ्नो नागरिकको क्षमता नबुझेर नै माइग्रेशन (स्थानान्तरण) बढ्छ । तर अर्का एक विज्ञका आनुसार कारण धेरै हुन सक्छन, धानको ब्यु राख्दा पारिवारिक एक सदस्य या एक दुइ जानले धानको प्याड बानाएर एकै छिन् (२/४ घन्टा)मा राख्छन र सोहि प्याडमा उम्रेको धानको ब्युलाई व्यापक तयारीका साथ्, टाउसे बाउसे गरि धेरै रोपाहार बोलाएर दिनभरी लगायर गीत गाउदै रोपाई (स्थानान्तरण) सम्पन्न गरिन्छ, समयानुसार गोडमेल गर्दै अनन्तमा ब्यापक भकारीका भकारी धान घर भित्र्याईन्छ । यो माइग्रेशन (स्थानान्तरण) प्रक्रिया पनि तेस्तै हो जन्मथलो भनेको धानको ब्यु राखेको ब्याड हो भने रोपाइँ देखी धान भित्र्याउने सम्मको अवस्था हो । गोडमेल भनेको संघर्ष गर्दै, फलस्वरूप धान बालि भित्र्याउने भनेको सम्पन्न हुने सम्म को प्रक्रिया हो ।
त्यस कारण प्रगति या उन्नति गर्नकै लागि स्थानान्तरण आवश्यक छ । जो जसको पनि स्थानान्तरण भएको छ तिनीहरु सम्पन्न छन् भने प्रगती पनि राम्रै गरेका उधाहरण धेरै छन् । समग्र उल्लिखित तथ्य केलाउदा स्थानान्तरणकै कारण देसमा हाम्रा नेताहरुको पनि उल्लेखिनिय प्रगति भए कै पाइन्छ भन्दै यसलाई व्यंग्यकै रूपमा लिने सर्तमा हाम्रो एक बरिस्ठ नेता व्यंगात्मक शैलीमा भन्नु हुन्छ, नेता हरुलाई हेर्नुस न, उहाहरु काठमाडौँ आउदा चप्पल र फर्किदा हेलिकोप्टरमा देखिन्छ, होइन र ? व्यंगात्मक शैलीमै भएपनि तथ्य केलाउदा र ब्यबहारिकमा पनि जीबन स्तरकै कुरो हेर्दा तेस्तै भएको छ, चाहे त्यो नेपालबाट बाहिर या नेपाल भित्र पानि दुर्गम बाट सुगममा स्थानान्तरण हुदा अलिकति संघर्ष तेस्पछि सम्ब्रिधि आएको देखिन्छ ।
व्यापक अपरिबर्तनिय आवश्कता र दनानु दिन हुने प्रक्रियामा नेपाल सरकारले झन्झटिलो बनाएको कुरो पोर्चुगलको राजधानी लिस्बोनमा बस्दै आउनु भएको श्री हरि आचार्य बाताउनु हुन्छ । हामीले नेपाल बाट आउन धेरै संघर्ष गर्नु पर्छ, तर यहाँ आइसकेपछि जागर चलाउनेलाई खासै गारो छैन । नेपालबाट पोल्याण्ड जाने क्रममा बैदेशिक रोजगार प्रकृया बाट त्यहाँ पुगेका उनि भन्छन, “खर्च छ लाख भएपनि बैदेशिक रोजगार सस्थालाई हृदय देखि धन्यबाद दिन चाहन्छन” र आगाडी भन्छन, पोल्याण्ड दुताबासमा समय लिन नै १ लाख खर्च भयो, त्यसपछि इन्सुरेन्स, दुताबासको फी, आते जात भाडा गरेर २ लाख जति खर्च भयो, नेपालमा श्रम, र हवाई टिकेट गरेर १लाख बिस हजार भयो, यता पोल्याण्डमा यातायात, एजेन्सीको फी आदि मा १ लाख ५० हजार खर्च भयो, नेपाल को मेंनपावरले केहि पैसो नै पाएन भने पनि हुन्छ, के गर्ने ।
अब सबै जिम्मा मेंनपावरले गरेर हामीले एकमुस्ठा मेंनपावरमा पैसो बुझाउदा सहज र सुरक्षित हुन्थ्यो, राम्रो मेंनपावर पैसो लिन मान्दैन, ठगको बिग बिगी छ अनि कानुनमा सुन्य लागत भनेर हुन्छ, म आउदा सबै खर्च आफैले गरेको हो, मेंनपावरसँग मेरो सहकार्य भनेको यहाँ पोल्याण्डमा एजेंसी संगको डिमाण्ड मात्र हो । मेंनपावरलाई राम्रोसंग काम गर्न दिने हो भने हामी खाडी जानै पर्दैन थियो, हामी खाडी भन्दा यतै युरोप आउछौ नि, के गर्ने, कानुन एउटा छ, काम अर्को हुन्छ ।
निकै लामो गुनासो पछि उनले भने बास्तबमा भन्ने हो भने हामो देसमा काम गर्ने र काम गर्न दिने प्रणाली नै छैन, बैदेशिक रोजगारको काम मेनपावरले गर्ने हो नि, के गर्ने कोरिया, इजरायल जस्ता देशमा सरकार आफै पैसो लिएर पठाउने काम गर्छ तर मेनपावरलाई फ्रीमा काम गर भन्छ, अचम्म छ नि होइन ? उनको प्रति प्रश्न । हरि आचार्य जस्तै युरोप पुग्ने धेरै छन्, अब्यबहारिक कानुन, झन्जटिलो प्रक्रिया र बढ्दो बेरोजगारको चपेटामा दौडेको नेपाल तेस्मा पनि कोरोनाले थला पारेको अर्थतन्त्र, बेलैमा स्थानान्तरण नीतिमा सहजीकरण गरि रोजगारीको सहजीकरण गर्दा धर्मरिएको अर्थतन्त्रमा टेवा पुग्थ्यो कि ? हाम्रो देश चलेकै रेमिटान्सले हो, यसको भारी प्रमाण अगाडिनै संकेत गरेको छ नै ।
यो स्थान्तरण भएका आप्रवासीहरूले दुवै देशलाई फाइदा पुग्ने काम गर्छ । त्यहाँ पनि निर्माण, कृषि, बिबिध क्षेत्रमा ठूलो योगदान दिनुका साथै उनीहरुका आफ्नै राष्ट्रहरुलाई पनि आर्थिक, सामाजिक तथा शिपमा योगदान गरेका हुन्छन । जसरी युरोपेली राष्ट्र पर्चुगलले बिदेशी कामदार प्रति खुल्ला नीति लिएको छ त्यसैगरी यदी अन्य मुलुकले पनि कामदार प्रति तेस्तै सहज नीति लिए हाम्रो देशमा बुढाबुढी र भष्ट्र नेता र तिनीहरुको चम्चे मात्र रहन्छन, ब्यङ्गकार व्यंग्यात्मक ढंगले सहि बिस्लेशन गर्छन । यद्यपी नेपालको रोजगारको नीतिलाइ बैदेशिक रोजगार प्रति कानुनी प्राबधान परिमाजन गरि ब्यबस्थित र मर्यादित गर्दा कोरोनाले थालएको अर्थतन्त्र बर्षमा नै सुध्रिने निश्चित छ । सचेत सहित नीति परिमार्जन गर्न देशकै बेरोजगार जोडदार आग्रह गर्छन ।