नेकपा एमाले बुढानिलकण्ठ-९ ले कमिटी पूर्णता दिदै तिन जनसंगठन घोषणा गर्यो
कपन अनलाइन
काठमाडौं, भाद्र ३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुढानिलकण्ठ नगरपालिका वडा नं ९ शाखा कमिटिको बैठक एबम वडा स्तरीय जन संगठन पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब प्रसाद खरेल को प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिशेष अतिथिको रुपमा अनेम संघ काठमाडौंकि अध्यक्ष सरिता दहाल, नेकपा एमाले काठमाडौं जिल्ला सचिवालय सदस्य तथा वडा नं ९ इन्चार्ज संगम गहतराज, काठमाडौं जिल्ला सचिवालय सदस्य बिदुर बिक्रम खड्का, मिठाराम अधिकारी, राष्ट्रिय युवा संघ नेपाल काठमाडौं क्षेत्र नं ४ का उत्प्रेरक जय गुरुङ, लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको अधयक्षता नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुढानिलकण्ठ नगरपालिका वडा नं ९ शाखा कमिटिको अध्यक्ष दिलिप थिङले गरेका थिए भने कार्यक्रम संचालन वडा नं ९ शाखा कमिटिको सचिब मीना बिष्टले गरेकी थिइन ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं ९ शाखा कमिटि घोषणा गरिएको थियो। कमला अधिकारीको अध्यक्षतामा १९ सदस्यीय अनेम संघ शाखा कमिटि र निरज थापाको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रीय युवा संघ नेपाल गठन गरिएको थियो। त्यसै गरि दिनेश धितालको संयोजकत्वमामा बुद्धिजीवी वडा कमिटि घोषणा गरिएको छ ।कार्यक्रममा बोल्ने बक्ताहरुले नेकपा एमालेको आन्दोलनमा सक्रिय सहभागी भएकोमा धन्यबाद दिदै विषम परिस्थितिमा उनीहरुले देखाएको योगदानको भावना कदर गर्न योग्य रहेको धारणा राखेका थिए ।
