बुढानीलकण्ठ नगरपालिकाको ३३.६ % जनसंख्याले कोभिड-१९ विरुद्धको खोप लगाए
कपन अनलाइन
काठमाडौँ, भाद्र ३ । बुढानीलकण्ठ नगरपालिकाको ३३.६ % जनसंख्याले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हालसम्म ५१,५८२ नगरवासीले खोप लगाईसकेका छन् ।गत बर्ष माघ महिनाबाट देशभर सुरुभएको खोप अभियान अन्तर्गत बूढानीलकण्ठमा पनी विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त कोभिसिल्ड, चाईनिज भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु गरिएको थियो ।
खोप अभियान अन्तर्गत नगरपालिमा कोभीशिल्ड खोपको पहिलो र दिस्रो मात्रा ५५२० जनाले लगाएका छन भने भेरोसेलको दोस्रो मात्रा लगाउने को शंख्या १६,५८६ जना रहेका छन् । त्यसैगरि जोन्सन एंड जोन्सन खोप लगाउने को संख्या ७,२०० रहेको स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया ।