कागेश्वरी मनोहरा नगरपालिकामा बिहिबार थप २४ जनामा कोरोना संक्रमण

कागेश्वरी मनोहरा नगरपालिकामा  बिहिबार थप २४ जनामा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं, भाद्र ३। कागेश्वरी मनोहरा नगरपालिकामा थप २४ जनामा कोरोना संक्रमण  पुष्टि भएको  नगर प्रमुख कृष्णहरि थापाले सामाजिक संजाल मार्फत जानकारी गराएका छन ।उनले  २०७७ साल चैत्र १९ गते देखि २०७८ साल भाद्र ३ गते सम्ममा ३४३४ जनामा कोरोना संक्रमण पुष्टि भएकोजस मध्ये २७५० जनाले कोरोना जितेको जानकारी गराए। हाल सम्म नगरपालिका भित्र ६३० जना सक्रिय संक्रमित रहेको  जसमध्ये  ५८९ जना होम आइसोलेसनमा रहेको र  हाल सम्म  ५४ जनाको कोरोनाको कारण मृत्यु भएको समेत जानकारी गराएका छन। ।पछिल्लो समय कोरोना संक्रमण बढिरहेको हुँदा थप सतर्कता अपनाइँ स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न  अनुरोध गरेका छन ।

नगरका कुन वडामा कति कोरोना संक्रमित?

  १- कागेश्वरी मनोहरा वडा नं. १ मा – ११८ जना ।

२ – कागेश्वरी मनोहरा वडा नं. २ मा – ७६ जना ।

३ – कागेश्वरी मनोहरा वडा नं. ३ मा – १३४ जना ।

४ – कागेश्वरी मनोहरा वडा नं. ४ मा – १७८ जना ।

५ – कागेश्वरी मनोहरा वडा नं. ५ मा – ३०७ जना ।

६ – कागेश्वरी मनोहरा वडा नं. ६ मा – ६३४ जना ।

७ – कागेश्वरी मनोहरा वडा नं. ७ मा – ५३८ जना ।

८ – कागेश्वरी मनोहरा वडा नं. ८ मा – ३०४ जना ।

९ – कागेश्वरी मनोहरा वडा नं. ९ मा – ११४५ जना रहेको उल्लेख गरेका छन ।

तपाइँको प्रतिक्रिया ।