तारकेश्वर नगरपालिका वडा नं १ मा पिपलेश्वर महादेब मन्दिर उद्घाटन

तारकेश्वर नगरपालिका वडा नं १ मा पिपलेश्वर महादेब मन्दिर उद्घाटन

कपन अनलाइन

काठमाडौँ, भाद्र ३ । तारकेश्वर नगरपालिका वडा नं १ साङ्ला स्थित लामपिठी कुवँर टोलमा पिपलेश्वर महादेब मन्दिर उद्घाटन गरिएको छ। सोमबार नगर प्रमुख रामेश्वर बोहोराले उक्त मन्दिरको उद्घाटन गरेका हुन । पिपलेश्वर महादेवको मन्दिर सामाजिक अभियान्ता महेश जंग कुवँरको व्यक्तिगत पहलमा बनेको हो । कुवँरले माता पिता तथा बन्धुबान्धप एवं सम्पुर्ण पितृ मोक्षको लागि पिपलेश्वर महादेब मन्दिरको निमार्ण गरेको बताएका छन् ।  उनले  मन्दिर संगै क्षेत्रमा प्रतिक्षालयको समेत निर्माण गरेका छन् । पिपलेश्वर महादेबको मन्दिर व्यक्तिगत पहलमा बनेता पनि पार्टी, पौवा, बाटो घाटो, मन्दिर सबैको साझा सम्पत्ति हो र यसको संरक्षण जगेर्ना सबैले मिलेर गर्नु पर्नेमा  उनको जोड रहेको छ ।

समाजमा मन्दिर, बाटोघाटो, पार्टी पौवा तथा मन्दिर निमार्ण गर्नु आफैंमा एक सरहानिय कार्य भएको र यस्ता कार्यलाई सबैले सहयोग गर्नु पर्ने नगर प्रमुख रामेश्वर बोहोराले बताएका छन  संस्कृतिको जर्गेना गर्न महेश जंग कुवँरले आफ्नै व्यक्तिगत तर्फबाट मन्दिर निमार्ण गरेकोमा खुशी व्यक्त गर्दे यसको संरक्षणमा सबैको  सहयोग रहने बिश्वास ब्यक्त गर्दै  नगरपालिकाबाट पनि यस्ता  कार्यलाई सहयोग गर्ने बताए । उनले कोरोना भईरसको महामारीबाट सबैलाई सुरक्षित भई बस्न र अनिवार्य मास्क लगाई सामाजिक दुरी कायम गर्न समेत सबैलाई आग्रह  गरेका  थिए ।मन्दिर उद्घाटन कार्यक्रममा वडा नं. १ का अध्यक्ष विदुर सापकोटा, सामाजिक अभियान्ता केवी सम्राट, प्रताप राना, प्रकाश जगं कुवँर, स्वतन्त्र पत्रकार सघंका अध्यक्ष पुस्कर पाण्डे, समाजसेवी राजु श्रेष्ठ लगायत  स्थानीयको उपस्थिति रहेको थियो  ।

फोटो : फरक पत्र

तपाइँको प्रतिक्रिया ।