लायन्स क्लब अफ काठमाडौं राइजिंग सन द्वारा ज्येष्ठ नागरिकहरुलाई खाद्यान्न तथा तरकारी सहयोग
कपन अनलाइन
काठमाडौँ, भाद्र ३ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं राइजिंग सनले ज्येष्ठ नागरिकहरुलाई खाद्यान्न तथा तरकारी वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच कागेश्वरी मनहरा नगरपालिका वडा नं १ गागलफेदी स्थित जेष्ठ नागरिक सेवा केन्द्रमा आश्रय लिइ रहेका ज्येष्ठ नागरिकहरुलाई डिस्ट्रिक गभर्नर लायन रेवतबहादुर कार्कीको उपस्थितिमा खाद्यान्न तथा तरकारी सहयोग गरेको हो ।
आफन्त नरहेका तथा आफन्तको अवहेलनामा परी जेष्ठ नागरिक आश्रममा जीवनको उत्तरार्थ कटाई रहेका जेष्ठ नागरिकहरुलाई सहयोग गर्न पाउदा खुसि लागेको डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्कीले जानकारी गराए ।लायन्स क्लब अफ काठमाडौं राइजिंग सनको यस प्रकारका मानवीय सहयोगका कार्यक्रम गर्दा आम समुदायमा सकारात्मक सन्देश जाने भन्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं राइजिंग सनका पदधिकारी सहित लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।