कुसुम कुमार कार्कीको वडा बाट उद्दव खरेलको आव्हान, “आउनुस सुर्य चिन्हमा प्राप्त मतको सम्मान गर्दै एमाले बनाउन लागौ”

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३।

नेकपा एमाले बागमती प्रदेस कमिटीका सदस्य तथा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीलाई सुर्य चिन्हमा प्राप्त मतको सम्मान गर्दै नेकपा एमालेलाई बलियो बनाउन सहकार्यका लागि आव्हान गरेका छन।

प्रदेस सभा सदस्य कार्कीको निवास रहेको वडा नं ९ मा आयोजित वडा कमिटी तथा जनसंगठन  पुनर्गठन कार्यक्रमलाई संबोधन गर्दै नेकपा एमालेको चुनाव चिन्ह लिएर जनताको मत पाएका सबैले त्यसको सम्मान गर्नुपर्ने बताएका हुन।

नेकपा एमालेको तत्कालिन काठमाण्डौ जिल्लाको  समानान्तर कमिटीमा सचिव रहेका पुराना सहकर्मी कार्कीलाई संबोधन गर्दै प्रमुख खरेलले आम जनताको मत र मनको सम्मानका लागि मूल धारमा रहेर सक्रिय योगदानका लागि आग्रह गरेका थिए।

त्यस्तै वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ प्रति संकेत गर्दै प्रमुख खरेलले बुढानिलकण्ठ नगरपालिकाका केहि जनप्रतिनिधिहरु विभिन्न कारणले गुमराहमा रहेकोले त्यसलाई चिरेर हिजो नेकपा एमालेको झन्डा र चिन्हका कारण प्राप्त गरेको मतलाई सम्मान गर्नका लागि अनुरोध गरेका थिए।

बुढानिलकण्ठ नगरपालिकामा आज र भोलि पनि नेकपा एमाले नै मुलधार र मुख्य पार्टी रहेको र रहने विस्वास ब्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खरेलले नया बनेको पार्टीमा सिदान्त,नीति,कार्यक्रम र ठोस आगामी योजना नरहेको भन्दै नेकपा एमालेले मात्रै नेपाली जनताको समृद्धिको सपना पुरा गर्ने धारणा राखेका थिए।

नगरपालिकाका केहि जनप्रतिनिधि र नेता कार्यकर्ताहरुलाई नँया  बनेको पार्टीमा विभिन्न पद र जिम्मेवारीको आश्वासन दिइएको सुचना आफुले प्राप्त गरेको भन्दै खरेलले  उक्त बाटो केवल अनिश्चय र अध्यारो रहेकोले गम्भीर बनेर सोच्न पनि आग्रह गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।