कर्णाली नदी खोलिएन, उद्धारका लागि हेलिकोप्टर जान सकेन

काठमाडौं २० फागुन । हुम्ला जिल्लाको लिमि गाबिसबाट बग्ने लिम नदी भारी हिमपातका कारण लिमको हल्जिमा थुनिएपछि आसपासको क्षेत्रमा त्रास फैलिएको छ।

सोमबार रातिदेखि थुनिएको नदी मंगलबार दिनभर पनि नखोलिएपछि आसपासको क्षेत्रका बासिन्दा घरबस्ती छाडेर अग्ला डाँडापाखातिर लागेका छन्। कर्णाली नदीमा मिसिने मुख्य नदी भएकोले यसलाई हुम्लाको कर्णली नदी पनि भनिन्छ।

नदी थुनिदा मध्य र सुदुर पश्चिमका दर्जन जति जिल्ला जोखिमा छन् । हुम्लाका एक दर्जन भन्दा बढी गाबिस उच्च जोमिमा छन्। जोखिममा पर्ने जिल्लामा हुम्ला मुगु कालिकोट दैलेख सुर्खेत बर्दिया बाजुरा अछाम कैलाली छन् ।भारी हिमपातका काराण सोमबार रातिबाट कर्णालीमा मिसिने लिम खोला थुनिएको हो। नदी थुनिदा ताल बनेको छ। यो फुट्दा आसपासको क्षेत्रमा क्षति हुने खतरा छ।

हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णा बहादुर कटुवालले दिएको जानकारी अनुसार उक्त स्थानमा लगतार एक साता देखि परेको हिमपातले गर्दा हिमपहिरो वा चिसोका कारण पुरै नदिनै बरफमा परिणत भएकाले पानी थुनिएको हुन सक्ने बताए।

प्रमुख जिल्ला अधिकारी कटुवालका अनुसार उक्त स्थान सदरमुकाम सिमिकोट देखि ५० कोष टाढा भएकाले उक्त स्थान तत्कालै जान पनि नसकिने र त्यहा १० देखि १२ फिट हिउँ भएकाले के भएको भन्ने एकिन जानकारी समेत नआएको बताए।

दुई दिन सम्म नदी थुनिएको यो पहिलो रेर्कड भएको र अहिले नदी ९० प्रतिशत पानी जमेको छ भने भने जम्मा १० प्रतिशत मात्र बगेको छ । उक्त स्थानमा सेनाको हेलिकोप्टरमार्फत अवलोकन गर्ने भनिए पनि मंगलबार पनि दिनभर हिमपात भएकाले सेनाको हेलिकोप्टर समेत आउन नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णा कुवरले बताए ।

अन्नपूर्णपोष्टबाट

तपाइँको प्रतिक्रिया ।