आयो बजारमा सामसुङ ग्यालेक्सी एस ६ र एस ६ एज

काठमाडौ/फागुन(एजेन्सी) : सामसुङले प्रविधी मन पराउनेहरूका लागि नयाँ दुई स्मार्टफोन ल्याएको छ । मोबाइल वर्ल्ड कांग्रेस २०१५ मा कम्पनीले आफ्नो दुई नयाँ प्रमुख स्मार्टफोन ग्यालेक्सी एस ६ र ग्यालेक्सी एस ६ एज सार्वजनिक गरेका छन् ।

सामसुङका सीईओ जीके शिनले सामसुङले ग्यालेक्सी एस ६ र एस ६ एजको साथै मोबिलिटीमा नयाँ पाइला र ग्लोवल मोवाइल एजेन्डाका लागि नयाँ स्टान्डर्ड स्थापित गरिरहेको बताएका छन् । उनले ग्राहकको कुरा सुनेर आफ्नो सफलता र विफलतासँग सिकेर हामीले नयाँ प्रविधि र उपाय लिएर आऐको बताएका छन् । उनले यी दुई स्मार्टफोन प्रविधीको अहिलेको अवस्थामा अनौठो एक्पिरियन्स हुनेछ ।

यी दुवै स्मार्टफोनमा प्लास्टिकको ठाऊँमा री-इन्फोर्स्ड ग्लास र एयरक्राफ्ट-ग्रेड एल्युमिनियको प्रयोग गरिएको छ । यी दुई स्मार्टफोनमा ५.१ इन्चको एचडी(२४६०*१४४० पिक्सेल) सुपर एमोलेड डिस्प्ले रहेको छ । तर, एस ६ एजमा दायाँ र बायाँ एज मा कर्ब्ड डिस्प्ले पनि रहेको छ । दुवै फोनमा ६४ बिट २.१ गिजाहर्ज एक्सिनोस अक्टा कोर प्रोसेसर रहेको छ, जुन एण्ड्रोइड ५.०.२ ललीपपमा आधारित रहेको छ । दुवै फोनमा कम्पनीको टचविज युआई हो, जसलाई गुगलको मटीरियल डिजाइनको साथ रिफाइन गरिएको छ ।s6-edge-s6

ग्यालेक्सी एस ६ र ग्यालेक्सी एस ६ एज मा ३ जिबि र्याम र १२८ जिबी स्टोरेज अप्सन रहेको छ । यो फओनमा ४ जी एलटीई सपोर्ट, २५५० एमएएच ब्याट्री(सामसुङ ग्यालेक्सी एस ६एज मा २६०० एमएएच) र वायरलेस चार्जिङग सपोर्ट गर्छ । सामसुङले १० मिनेट चार्ज गरेपछि यो फोन १० घण्टासम्म चलाउन सकिने दावी गरेको छ र आईफोन ६ को तुलनामा आधा समयमा नै चार्ज हुन्छ ।

यी दुवै स्मार्टफोनमा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा र १६ मेगापिक्सेलको प्राइमरी क्यामरा रहेको छ । यसमा एफ९.१ लेन्स प्रयोग गरिएको छ जसले गर्दा कम प्रकाशमा पनि राम्रो तस्विर खिच्न सकिन्छ । कम्पनीले दुवै फोनमा ‘क्विक लन्च’ सुविधा पनि दिएको छ, जसले मात्र होम बटनलाई दुई पटक ट्याप गर्नाले ०.७ सेकेण्डमा क्यामरा खुल्छ ।

सामसुङले ग्यालेक्सी एस ६ र ग्यालेक्सी एस ६ एज को बिक्री २० देशमा १० अप्रिलदेखी सुरू हुने जनाएको छ । यी स्मार्टफोन व्हाइट पर्ल, ब्ल्याक सफायर, गोल्ड प्ल्याटिनम, ब्लू टोपाज(मात्र ग्यालेक्सी एस६) र ग्रीन एमरल्ड(मात्र ग्यालेक्सी एस ६ एज) रंगमा बिक्री हुनेछन् ।

तपाइँको प्रतिक्रिया ।