अम्बर गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

अम्बर गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

काठमाडौँ ,फागुन १९ गते/ गायक तथा संगीतकार अम्बर गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको अस्पतालले जनाएको छ । राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङ केही दिन अघि आफ्नै निवासमा एक्कासी लडेपछि उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
ambar-gurung

७८ बर्षका गुरुङ केही बर्षयता बुढ्यौलीसँगै पार्किनसन्स मधुमेहका कारण कमजोर बनेका छन् । उनको उच्च निगरानीमा राखेर उपचार भैरहेको अस्पतालले जानकारी दिएको छ । गुरुङको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने जनाएकोछ ।

तपाइँको प्रतिक्रिया ।