शंखरापुरको मणिचुड क्षेत्र सरसफाई
कपन अनलाइन
काठमाडौँ, भाद्र २ । काठमाडौं बाट नजिक रहेको शंखरापुर नगरपालिका वडा नम्बर ८ को ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल मणिचुड दहको सरसफाई गरीएको छ । उक्त दहको स्थानीयहरुले सरसफाई गरेका हुन । जनै पुर्णिमालाइ मध्य नजर गर्दै उक्त स्थानको सरसफाई गरिएको हो ।हरेक नया वर्ष र जनै पुर्णिमाको दिन उक्त स्थानमा मेला लाग्ने गर्दछ ।
समुद्र सतहबाट करिब २,२१० मिटर उचाइमा अवस्थित उक्त दह हिन्दू धर्मावलम्बी तथा बौद्ध मार्गीहरूको समान धार्मिक आस्था राख्दै आएका छन। मौसम खुलेको बेला दहमा देखिने गाढा नीलो आकाश, वरिपरिको डाँडाको प्रतिबिम्ब देखिन्छ। काठमाडौं बाट नजिकको दुरीमा रहेको सो स्थान बाट सुर्यदय र सुर्यास्तको साथै काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ ।उकालो चढ्दा थकाई लागे पनि मनमोहक दृष्य र प्राकृतिक सुरन्दरता सबैको मानसपटलमा ताजा हुने हुँदा यात्रा सहजै दह सम्म गर्न सकिन्छ।कुण्डका दाया बायाँ शिव लिंग , शिव पार्वतीको प्रस्तर मुर्ति संगै दुइवटा पाटी र बौद्द स्तुप अनि कुण्डको छेउ बाट अनवरत बगिरहने धारा रहेको सो स्थानमा हरेक नया वर्ष र जनै पुर्णिमाको दिन मेला लाग्ने गर्दछ ।
आन्तरिकमात्र नभई पर्याप्त विदेशी पर्यटक भित्रिने मुलुककै राजधानी नजिक प्रशस्त्र पर्यटकीय आकर्षणका सम्भावना रहेको उक्त क्षेत्र उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।प्राकृतिक, ऐतिहासिक एवम् सांस्कृतिक रुपमा समृद्ध भएर पनि आवश्यक प्रचारप्रसार, पूर्वाधार एवम् पर्यटक आकर्षित गर्ने खालका कार्यक्रमको अभावमा मणिचुड पर्यटकीय वैभव पर्यटकबाट टाढै रहेको छ ।