भ्रस्टाचार विरुद्ध बुढानिलकण्ठ नगर प्रमुख र कांग्रेस नगर सभापतिको एक स्वर,होला त सहकार्य ?

भ्रस्टाचार विरुद्ध बुढानिलकण्ठ नगर प्रमुख र कांग्रेस नगर सभापतिको एक स्वर,होला त सहकार्य ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १।

भ्रस्टाचार विरुद्ध बुढानिलकण्ठ नगर प्रमुख र कांग्रेस नगर सभापतिको एक स्वर देखिएको छ। पटक पटक कर्मचारीहरु पक्राउ परेर निकै बदनाम बनेको नगरपालिकाको सत्ता सत्तापक्ष र प्रतिपक्षको एकै किसिमको धारणा देखिएको हो।

नगरपालिकाको सुशासनका लागि सधै भ्रस्टाचार विरुद्ध आक्रामक देखिएका नगर प्रमुख उद्दव खरेल र नेपाली कांग्रेस बुढानिलकण्ठका नगर सभापति गणेश कोइरालाको भ्रस्टाचार जस्तो अपराधमा प्रश्रय नदिने र यस्ता कुराको विरुद्धमा बोल्न निरिहिता पनि नदेखाउने नीतिमा समानता देखिएको हो।

नगरपालिकामा देखिएको कामचोर प्रवृति र खुलेआम देखिएको भ्रस्टाचारको गतिविधि प्रति सार्वजनिक र खुल्ला रुपमा विरोधमा उत्रिएका नगर प्रमुख खरेल र बिज्ञप्ति नै जारी गरेर भ्रष्टाचारजन्य कार्य अनि यस्ता कर्तुतको समाचारहरुले बुढानिलकण्ठ नगरपालिकाको यश र गरिमामा क्षेयिकरण पारेको अभिब्यक्ति दिने सभापति कोइराला विच यस मुद्दामा गम्भीर सहकार्य होला ? यो प्रश्न अहिले नगरपालिकामा चर्चाको विषय बनेको छ।

जब सम्म भ्रस्टाचार गर्ने व्यक्ति र प्रवृतिलाई नगरपालिकाका सत्तापक्ष र प्रतिपक्षले साझा शत्रुका रुपमा लिदैनन तब सम्म त्यसलाई निर्मुल गर्न नसकिने बाताउदै एक बुद्दिजीवीले त्यसको शुरुवात बुढानिलकण्ठ नगरपालिका बाट शुरु हुनुपर्ने बताएका छन।

राजनीतिक आस्था र संलग्नताका आधारमा भ्रस्टचारी कर्मचारीलाई काखी च्याप्ने र पर फ्याक्ने रोग बाट धेरै स्थानीय तह गम्भीर रुपमा विरामी बनेको अवस्थामा बुढानिलकण्ठमा दुवै पक्षको स्वर समान हुनु सुखद भएको भन्दै उनले यो समान धारणालाई योजनामा परिणत गरे निकै राम्रो हुने धारणा राखेका छन।

विभिन्न सेवाहरु जस्तै नक्शा ,योजना अनुगमन,छनौट र इस्टिमेट ,मुद्रण र छपाई, खरिद र बिल फर्छ्यौट लगायतका विषयहरुमा लामो समय देखि सिन्डिकेट स्थापना गरेर नगरवासीहरुलाई निकै सास्ती दिदै आएका पात्र र प्रवृतिहरुलाई पराजित गर्नका लागि सत्तापक्ष र प्रतिपक्षको समान धारणाले निकै ठुलो सहयोग पुग्ने एक राजनीतिककर्मीले बताएका छन।

बुढानिलकण्ठ नगरपालिकाको बागडोर जसले सम्हाले पनि यो रोगको अन्त्य नहुन्जेल स्वस्थ र स्वच्छ कार्यसम्पादन र सेवा दिन नसकिने भन्दै उनले जति सक्दो चाडो दुवै पक्षको सहभागितामा प्रभावकारी पहल थाल्नुपर्ने धारणा राखेका छन ।

 

 

 

तपाइँको प्रतिक्रिया ।