शान्ति बाटिका गोकर्णेश्वर ७ मा नायब बहादुर शाहको सालिक अनावरण

शान्ति बाटिका गोकर्णेश्वर ७ मा नायब बहादुर शाहको सालिक अनावरण

कपन अनलाइन

काठमाडौं, श्रावण ३१।  गोकर्णेश्वर नगरपालिका वडा नं ७ दक्षिण ढोका स्थित शान्ति बाटिकामा रहेको नायब बहादुर शाहको सालिक अनावरण गरिएको छ ।शनिबार एक कार्यक्रमका बीच बागमती प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले उक्त शालिकको अनावरण गरेका हुन ।उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल, गोकर्णेश्वर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ,  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष प्रकाश फुयाल,  लगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।

 कार्यक्रममा शालिक निर्माण गर्ने कालिगढ़ राजु तुलाधरलाइ सम्मान गरिएको थियो । शान्ति बाटिकामा रागेको पार्क तथा शालिक निर्माण कार्यमा बागमती प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत  निर्माण भएको हो । कार्यक्रमलाइ सम्बोधन गर्दै बागमती प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले नायब बहादुर शाहले नेपालमा गरेको योगदानको बारेमा चर्चा गरेका  नेपाल एकीकरणमा  क्रममा नायब बहादुर शाहको बिशेष योगदान गरेको  भए पनि ऐतिहासिक व्यक्तिको सालिक नेपालमा नरहेको र सो नै पहिलो भएको उनको दाबी रहेको थियो ।

फोटो : धरमराज केसी

तपाइँको प्रतिक्रिया ।