लायन्स क्लव अफ अव्बल भ्यालीले बिश्व मानव अंग प्रत्यारोपण दिवस मनायो
कपन अनलाइन
काठमाण्डौ ,साउन ३१।
साउन २९(काठमाण्डौ) अगष्ट १३ लाई बिश्वभर मानवअंग प्रत्यारोपण दिवश को रुपमा मनाइंदै आएको परिप्रेक्ष्यमा लायन्स क्लब इन्टरनेशनल जिल्ला ३२५ बि १ अन्तर्गतको लायन्स तथा लियो क्लब अफ अव्बल भ्यालीले पनि उक्त कार्यक्रम बिभिन्न कार्यक्रमहरु गरी मनाएको छ । काठमाण्डौको महाराजगंजस्थित त्रि.बि.शिक्षण अस्पतालको प्रांगणमा रहेको भिष्म गार्डेनमा सर्वोच्च अदालत बार एशोसिएसनका निवर्तमान उपाध्यक्षसमेत रहनुभएका अधिवक्ता राजु खडका, जो लायन्स क्लब अफ अव्बल भ्यालीका चार्टर प्रेसिडेन्ट समेत हुनुहुन्छ ले लायन्स क्लब अफ अव्बल भ्यालीका बर्तमान प्रेसिडेन्ट अधिवक्ता लायन प्रेमकृष्ण श्रेष्ठसमेतको उपस्थितिमा चिनीया गुलाबको बिरुवा रोपी कार्यक्रमको सुरुवात गरेका थिए ।
उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै चार्टर प्रेसिडेन्ट खडकाले मानव अंग प्रत्यारोपणका लागि आवश्यक मानवअंग दानको महत्व बारेमा प्रकाश पारेका थिए ।
हाम्रो शरिरमा भएका बिभिन्न अंगहरुमध्ये मृगौला जस्ता अंग हामी जिवित रहेकै अवस्थामा दान दिनसकेमा आफुपनि जिवितै रहने र अर्को पिडीत बिरामीलाईसमेत मर्नबाट बचाउन सकिन्छ भने कतिपय अंग मरणोपरान्त दान गरिने हुंदा हामी मरेपछि जलाउंदा हामीसंग जलेर जाने तथा हाम्रो शरिरलाई गाड्दा शरिरसंगै सडेर जाने अंगले अर्को एकजना मानिसले जिवनदान पाउने भएकोले संसारमै सबैभन्दा ठूलो दानको रुपमा मानवअंग दानलाई लिइएको बताए ।
उनले हाम्रो धर्मशास्त्रमा उल्लेख गरिएको पुनर्जन्मको कुरा प्रामाणिक नभएपनि आपूmले गरेको अंगदानबाट लाभान्वित व्यक्तिको शरिरमा प्रयोग भएर अर्को जन्म प्राप्त गर्न सकिने कुरा उल्लेख गरेका थिए।
सोही अवसर पारेर उच्च शिक्षाको लागि अमेरिकामा रहेका Primary Myelofibrosis नामक दुर्लभ किसिमकोBone Marrow Cancer बाट पिडित बैतडीका बिशाल कुमार गौतमको लागिBone Marrow Transplan गर्नुपर्ने भएकोले सो को सहयोगार्थ त्रि.बि.शिक्षण अस्पतालकै प्रांगणमा एकातिर चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंजमा अध्ययनरत बिद्यार्थीहरुबाट तयार गरिएको मानबअंग प्रत्यारोपणसंग सम्वन्धित चित्रकला प्रदर्शनी गरी दर्शकहरुबाट आर्थिक सहयोग संकलन गरिएको थियो, जुन प्रदर्शनीमा सामाजिक अभियन्ताको रुपमा रहनुभएका शिक्षण अस्पतालकै पूर्व स्वास्थ्यकर्मी वरिष्ठ चिकित्सक डा.गोबिन्द के.सी.लगायतका डाक्टरहरुसमेतले पनि अभिरुचिपूर्वक निरिक्षण गर्नुभएको थियो भने अर्कोतिर मानवअंग दानको महत्व दर्शाइएको चित्र अंकित टिसर्ट बिक्री गरी आर्थिक सहयोग संकलन गरिएको थियो ।
कार्यक्रमको अर्को इपिसोडको रुपमा लियो क्लब अफ अव्बल भ्यालीका सदस्य लियोहरु चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंजमा अध्ययनरत बिद्यार्थीहरु आफैले कागती, चिनी र सफा पानीबाट तयार गरेको चिसो पेयपदार्थ बिक्रीबितरण गरेरसमेत आर्थिक सहयोग संकलन गरिएको थियो ।
उक्त सबै कार्यक्रमहरुबाट संकलन भएको सम्पूर्ण रकम बिशाल गौतमको उपचारको लागि प्रयोग गरिने उक्त सबै कार्यक्रमका संयोजक तथा लियो क्लब अफ अव्बल भ्यालीका बर्तमान पे्रसिडेन्ट लियो बिकाश बस्याल तथा बिरामी बिशालका भाई बिराटले बताएका छन । उक्त सबै कार्यक्रमको व्यवस्थापन लियो क्लब अफ अव्बल भ्यालीका सदस्य लियोहरु, जो चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंजका ःद्यद्यक् तहमा अध्ययनरत बिद्यार्थीसमेत हुन, ले गरेका थिए । उक्त अवशरमा बिशालको जिवनरक्षाका लागि अमेरिकामा पनि बिशाल बचाउं अभियान चलाइएको र नेपालमा पनि बिशालको जिवनरक्षाको लागि अभियानको सुरुवात गरिएको बताइएको थियो ।