अखिल नेपाल किसान महासंघको आसन्न छैटौं महासम्मेल जेष्ठ २८,२९ र ३० गते काठमाडौँमा हुने
नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघको आसन्न छैटौं महासम्मेल आउदो जेष्ठ २८,२९ र ३० गते काठमाडौँमा गर्ने भएको छ । महासंघको केन्द्रिय कार्यालय बल्खुमा वामदेव गौतमको अध्यक्षतमा बसेको बैठकले उक्क्त निर्णय गरेको हो ।
महासंघले फागुन २७, २८ र २९ गते चितवनमा हुने भनिएको छैठौँ सम्मेलन अन्तिम समयमा आएर मिति परिवर्तन गरेको हो । वर्तमान समयमा संविधान सभामा उत्पन्न जटिलता र महासम्मेलनको आवश्यक तयारी गर्नकोलागि थप समय आवश्यक भएकोविषय छलफलमा महत्वकासाथ उठेको हुँदा मिति सारिएको केन्द्रिय प्रचार – प्रसार विभाग सचिव विश्वमणि सुवेदीले कपन अनलाइन लाइ बताए ।
तपाइँको प्रतिक्रिया ।