गाम्चामा २५ करोडको लागतमा नयाँ क्रिकेट स्टेडियम सिलान्यास (फोटो कथा )

गाम्चामा २५ करोडको लागतमा नयाँ क्रिकेट स्टेडियम सिलान्यास (फोटो कथा )

नेपाली खेलकुद क्षेत्रमा क्रिकेट खेलले देखाइरहेको उन्नत दर्जाको कुशलतालाई मध्य नजर राख्दै यो क्षेत्रको विकासमा बिभिन्न किसिमको प्रयास हुन थालेको छ । यही परिप्रेक्षमा नेपाली राजनीतिका चर्चित व्यक्ति सुवर्ण समसेर राणाको स्मृतिमा आगामी तीनवर्षमा तयारी हुने गरी राजधानीको गाम्चामा एक सुविधासम्पन्न क्रिकेट स्टेडियमको आज सिलान्यास भएको छ ।

20150301_125047

प्रधानमन्त्रि सुशील कोइरालाले आज एक कार्यक्रमका बीच स्टेडियमको सिलान्यास गरेका हुन् । बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ मा रहेको गाम्चा भन्ने ठाउँमा स्वर्गीय सुवर्ण समसेर स्मृति प्रतिष्ठानले करिब २५ करोडको लागतमा यो स्टेडियम निर्माण गर्न लागेको हो ।20150301_133052

 

नेपाली कांग्रेशका संस्थापक नेतासमेत रहेका स्वर्गीय सुवर्ण समसेरको स्मृतिमा बन्न लागेको स्टेडियमले ९५ रोपनी जग्गा ओगट्ने छ । कार्यक्रममा नेपाली राष्टिय क्रिकेट टोलीका कप्तान पारस खड्का, सभासद गगन थापालगायतका व्यक्तिहरुले नेपाली क्रिकेटको भविष्य र स्टेडियमको महत्वको बारेमा बोलेका थिए ।

हेर्नुहोस  कार्यक्रमको फोटोहरु

20150301_133630

 

नेपालि राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन पारस खड्कालाइ सम्मान प्रदान गर्दै प्रधानमन्त्री कोइराला

20150301_131805  उपस्थित जनमानस  हरुलाई सम्बोधन गर्दै काठमाडौँ क्षेत्रनम्बर ४ का सभासद  गगनकुमार थापा
20150301_130150

20150301_125945

20150301_124954

प्रधानमन्त्री कोइरालाई स्वागत गर्दै  कपन गाविसका पुर्व सचिव भुवनेश्वर लामिछाने

20150301_130340

कार्यक्रम स्थलमा  उपस्थित जनसमुदाय हरु

20150301_132839

स्टेडियम को   नक्सा

तपाइँको प्रतिक्रिया ।