सभासद गगन थापा सांसद कोषको १ करोड यसरी खर्च हुँदैछ ।

सभासद गगन थापा सांसद कोषको १ करोड यसरी खर्च हुँदैछ ।

Desktop9

कपन अनलाइन\फाल्गुण १८, २०७१
सभासद गगन कुमार थापा सांसद विकास कोषको यस वर्षको बजेट के के शीर्षकमा कहाँ कहाँ भन्ने चासो सबै रहेको छ । धेरैले सांसद विकास कोषको यस १ करोडको बजेट आफ्नो योजनामा पार्ने खेलहरु खेलेका छन् । सभासद गगन थापाले आफ्नो संसदीय क्षेत्रअन्तर्गत सबै इकाइहरुलाई समानुपातिक रुपमा बजेट बाँडफाँड गर्न नेपाली कांग्रेश क्षेत्रीय समितिलाई दिएको अधिकार अनुसार यस वर्षको १ करोड बजेट निम्न शिर्षक मा बाँडिएको छ । बजेट बाँडफाँडको यो लिस्ट नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ४ का सभापति न्हुच्छेनारायण श्रेष्ठले कपन अनलाइनलाई उपलब्ध गराएका हुन् ।

यस वर्ष निम्न शीर्षकमा गगन थापा सांसद विकास कोषको रकम खर्च हुँदैछ ।

  • १. जंगलादेवी ढल बाटो निर्माण (बुढानीलकण्ठ १३)                                 १० लाख
  • २. चुनिखेल सापाटार सडक निर्माण (बुढानीलकण्ठ १७)                           १२ लाख
  • ३. रुद्रमतीचोक, नर्सरी, खहरे सडक (बुढानीलकण्ठ १० ११)                      १० लाख
  • ४. पन्चकन्या बालमैत्री पुल (कामनपा १०)                                              १०लाख
  • ५. बाँकोट कुमारी मन्दिर संरक्षण (कामनपा ७)                                        ७ लाख
  • ६. तिलगंगा टोल, नित्यनाथ मन्दिर निर्माण (कामनपा ८)                       ११ लाख
  • ७. नारायण मार्ग ज्ञानेश्वर ग्रावेल तथा पिच (कामनपा ३३)                       १० लाख
  • ८. हिटी पोखरी मर्मत (कामनपा १)                                                           १० लाख
  • ९. बौद्धस्तुप उत्तरतर्फको गणेशस्थान जानेबाटो (कामनपा ७)                  १० लाख
  • १०. सुवर्ण समसेर क्रिकेट मैदान (बुढानीलकण्ठ १७)                                   १० लाख

 

तपाइँको प्रतिक्रिया ।