नेपाल तेक्वान्दो संघ ओखलढुंगामा नयाँ कार्यसमिति चयन

नेपाल तेक्वान्दो संघ ओखलढुंगामा नयाँ कार्यसमिति चयन

कपन अनलाइन

काठमाण्डौ ,साउन ३१।

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति ओखलढुंगाको प्रथम जिल्ला अधिवेशनले नयाँ  कार्यसमिति चयन गरेको  । शनिबार भएको प्रथम जिल्ला अधिवेशले विश्वराज राईको अध्यक्षतामा पन्ध्र सदस्यिय कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा अशेष श्रेष्ठ, युवराज पहाडी, कोषाध्यक्ष प्रमिला श्रेष्ठ, सचिव शिवराम राई, सह-सचिव सागर राई चयन भएका छन भने सदस्यहरुमा  अनुत राई, प्रवेश राई, प्रदिप राई, देवराज दाहाल, फिन्जु शेर्पा, अन्जना सिल्वाल, विरवल तामाङ, दिपक राई र सतल तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष राईले “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने मूल नाराका साथ तेक्वान्दो खेलको विकास र विस्तारका लागी सम्भावनाहरु खोज्दै संघलाई अझ मजबुत बनाएर लाने बताएका छन ।

सम्पन्न अधिवेशनका प्रमुख अतिथि नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य विजय न्यौपाने र विशेष अतिथी प्रदेश नं. १ महा-सचिव गोपाल वान्तावा राईले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना प्रदान गर्दै  केन्द्र र प्रदेश तहमा आएका कार्यक्रमहरुलाई जिल्ला तहमा ल्याउने प्रतिबद्धता जनाएका थिए ।

तपाइँको प्रतिक्रिया ।