काठमाण्डौ क्षेत्र नं ४ भौतिक र सामाजिक विकासमा डा. राजन भट्टराईको सक्रियता

काठमाण्डौ क्षेत्र नं ४ भौतिक र सामाजिक विकासमा डा. राजन भट्टराईको सक्रियता

कपन अनलाइन

काठमाण्डौ ,साउन ३१।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेस विभाग प्रमुख डा.राजन भट्टराईले काठमाण्डौ क्षेत्र नं ४ मा सक्रियता निकै बढाएका छन।

काठमाण्डौ क्षेत्र नं ४ मा रहेका महानगरका ४ र बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडाहरुमा हुने सामाजिक ,राजनीतिक र विकास निर्माण सम्बन्धि कार्यक्रममा सक्रिय सहभागी हुदै आएका डा. भट्टराईले साउन ३० गते सनिवार मात्र तिन वटा प्रमुख कार्यक्रममा सहभागिता जनाएका छन।

काठमाण्डौ क्षेत्र नं ४ को सिरान बागद्वार देखि पुछार नागपोखरी सम्म पूर्वाधार निर्माण ,विकास योजनाका साथै सांस्कृतिक सामाजिक विकासका लागि निरन्तर पहल गर्दै आएका डा. भट्टराईले साउन ३० गते सनिवार कामपा वडा नं ३० डिल्लीबजार स्थित राम मन्दिर परिसरमा मदन भन्डारी फाउन्डेसन महानगर कमिटीद्वारा आयोजित रक्तदान कार्यक्रम ,बुनपा वडा नं १० स्थित मिलनचोक पार्टी प्यालेसमा “राष्ट्रिय युवा संग नेपाल” १० नं वडा कमिटीको पुनर्गठन तथा पार्टी प्रवेश कार्यक्रम र कामपा वडा नं १ नक्साल स्थित कमल पोखरी युवा क्लबद्वारा आयोजित कमल पोखरी निरिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएका थिए।

काठमाण्डौ क्षेत्र नं ४ को बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा आयोजना गरिएको युवा भेला तथा कमिटी पुनर्गठन कार्यक्रममा बोल्दै डा. भट्टराईले समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर आगाडी बढेको नेकपा एमालले मात्र नेपालको विकास गर्न सक्ने धारणा राखेका थिए भने कमल पोखरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वाधार निर्माणमा सबैले सक्रिय सहभागिता जनाउनु पर्ने बताएका थिए।

 

तपाइँको प्रतिक्रिया ।