बागमती प्रदेश युवा परिषद्ले पूर्णता पायो ,को को परे ?

बागमती प्रदेश युवा परिषद्ले पूर्णता पायो ,को को परे ?

कपन अनलाइन

काठमाण्डौ ,साउन २९ ।

बागमती  प्रदेश युवा परिषद्ले पूर्णता पाएको छ । परिषद पूर्ण भए संगै  प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले परिषद्का नवनियुक्त सदस्यलाई बिहीबार शपथ ग्रहण गराएकी छन  ।

सामाजिक विकास मन्त्री अध्यक्ष तथा एक जना कार्यकारी उपाध्यक्ष रहने परिषद्मा यसअघि कार्यकारी उपाध्यक्षको मात्रै नियुक्ति भएको थियो ।मन्त्रालयले परिषद् सदस्यमा इच्छा कुमारी राउत, केदार आचार्य, राधाकृष्ण गिरी, श्याम सुन्दर शिवाकोटी, नम्रता महर्जन, वसन्त न्यौपाने, छोटी लामा, सुदीप गौतम, प्रिती श्रेष्ठ र डालिया नेपालीलाई नियुक्त गरेको र बिहीबार नवनियुक्त सबै सदस्यले शपथ ग्रहण गरेको प्रदेश युवा परिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश युवा परिषद् ऐन २०७६ अनुसार मन्त्रालयले उपाध्यक्षसहित युवाको हकहितको संरक्षणमा योगदान पु¥याएका महिला कम्तीमा तीन जनासहित छ जना र उद्योग, श्रम, कृषि, खेलकूद, विज्ञान प्रविधि, सूचना, सञ्चार, वातावरण, साहित्य तथा कलाक्षेत्रबाट प्रतिनिधित्व हुने गरी चार जना र लैङ्गीक तथा यौनिक अल्पसङ्ख्यकमध्येबाट एक जना गरी ११ जना सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

मन्त्रालयले सोही ऐनअनुसार गत असार ४ गते परिषद्को कार्यकारी उपाध्यक्षमा सन्तोष चौलागाईंलाई नियुक्त गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।