काठमाण्डौ गुहेश्वरीमा श्रीमतीको हत्या गरेर जब आफैले प्रहरीलाई खबर गरे ….
कपन अनलाइन
काठमाण्डौ ,साउन २७।
काठमाडौंको गुहेश्वरीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।बुधबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ८ गुहेश्वरीको एक घरमा उदयपुर वेलका नगरपालिका वडा नम्बर ४ माइती भएकी २३ वर्षीया रन्जु तामाङको हत्या भएको हो।
घटनाबारे श्रीमान राम श्रेष्ठ आफैंले प्रहरीलाई खबर गरेका थिए। उनले प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरी आफूले श्रीमतीको हत्या गरेको जानकारी गराएका थिए।
हत्या आरोपमा प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ३९ वर्षीय राम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले गुहेश्वरीस्थित बागमती प्लान्ट नजिकै फ्ल्याट डेरामा लिएर बसेका थिए।
प्रहरी पुग्दा श्रीमान कोठामै चुकुल लगाएर बसिरहेका थिए। प्रहरी पुगेपछि मात्रै उनले कोठाको चुकुल खोलेका थिए।प्रहरीका अनुसार आफैंले पनि ब्लेडले हात काटेका उनको काठमाडौंको केएमसी अस्पातलमा उपचार पछि अहिले प्रहरी नियन्त्रणमा छन्।