सुनौलो पाइला संस्था गोकर्णेश्वर ९ द्वारा पत्रकार र सञ्चार संस्था सम्मानित
कपन अनलाइन
काठमाडौं, श्रावण २७ । कोभिड १९ विरुद्ध अग्रपंक्तिमा खटिएका बिभिन्न संचार गृहका संचारकर्मीहरुलाई आज सम्मान गरिएको छ । गोकर्णेश्वर नगरपालिका भित्र कोरोना कहरको बिचमा जोखिम मोलि आफ्नो ज्यान,परिवारको पर्वाह नगरी आम मानिसलाई सुसुचित गराउन हरदिन कार्य क्षेत्रमा खटेर महत्वपूर्ण भूमिका खेलेको योगदानको कदर गर्दै सुनौलो पाइला संस्थाले रोज बायोमेडिकल कन्सर्न संगको सहकार्यमा बिभिन्न संचारगृह र त्यहा कार्यरत पत्रकारहरुलाई एक कार्यक्रमका बीच सम्मान गरिनुको साथैप्रेस ज्याकेट सहित स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको थियो।
गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेंसीगाउमा संचालित भेनस नेशनल कलेजको सभाहलमा संस्थाकी अध्यक्ष रोजिना बिष्ट (रोज)को अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक छिरिंग दोर्जे लामा रहेका थिए भने कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल भेनस नेशनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतम लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि सहित स्थानीयको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन असितमान श्रेष्ठले गरेका थिए।सुनौलो पाइला संस्थाकी सदस्य रोनी केसी अमृताले स्वागत मन्तब्य राखेको कार्यक्रममा भेनस नेशनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतम, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी ,जानुका भण्डारी ,सामाजिक अभियन्ता उत्तम पुडासैनी लगायतले शुभकामना मन्तब्य राखेका थिए।
कार्यक्रममा कोभिड–१९ को महामारीका बीच पनि अग्रपङ्तिमा रही काम गर्ने बिभिन्न सञ्चार संस्था र त्यहा कार्यरत पत्रकारहरुलाईसंस्थाकी अध्यक्ष रोजिना विष्ट ‘रोज’, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक छिरिंग दोर्जे लामा र गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले संयुक्त रुपमा सम्मानपत्र, प्रेस ज्याकेट, स्वस्थ्य सुरक्षाका सामग्रीहरु सहित पत्रकार र सञ्चार संस्थालाई सम्मान गरेका थिए । सम्मान पश्चात पत्रकारहरुको तर्फ बाट संचारकर्मी सरोज बस्नेतले धन्यबाद ज्ञापन गरेका थिए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै छिट्टै नगरमा पनि पत्रकार तथा सञ्चार संस्थालाई सम्मान गर्ने बताए । ‘राज्यले गर्नुपर्ने सम्मान एउटा संस्थाले गरेकोमा संस्थाको प्रसंशा गरेका थिए। सम्मानित व्यक्ति तथा संस्थालाई बधाई अनि शुभकामना दिदै संकटको बेला अग्रभागमा रहेर भूमिका निर्वाह गरेका सबैको सम्मानको रुपमा बुझिदिन अनुरोध गरेका थिए । उनले पत्रकारलाइ पेशा प्रति निष्ठावान बन्न प्रेरित गर्दै पछिल्लो समय समाचार र विचारलाई यथार्थ भन्दा फरक तरिकाले प्रस्तुत गर्ने पित पत्रकारिता मौलाउदै गएको भन्दै त्यसलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका थिए। उनले पत्रकारलाई सत्य तथ्य र निश्पक्ष तरिकाले पत्रकारीता गर्न आग्रह गर्दै राम्रोलाई राम्रो र नराम्रोलाइ नराम्रो भन्नु पर्ने बताएका थिए।
कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक छिरिंग दोर्जे लामाले आयोजकलाइ धन्यबाद दिएका थिए। विषम परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेकापत्रकारले स्रोतसाधन तथा स्वास्थ्य सामग्रीको अभावमा उच्च जोखिम मोलेर पत्रकारिता गरिरहेको बताउदै उनीहरुले गर्दै आएको कामको उच्च प्रसंशा गरेका थिए विश्वब्यापी महामारीका रुपमा फैलिइरहेको र नेपालमा उच्च जोखिमको चुनौति कायमै रहेको भन्दै कोरोना संक्रमण नियन्त्रणका लागि अनेकौ कठिनाई र जोखिम मोलेर सचेतनामूलक समाचार सामग्रीका साथै सही सूचना नागरिक सामु पुर्याउदै महत्वपूर्ण दायित्व बहन गर्दै आएका पत्रकार र सञ्चारमाध्यमको प्रशंसा गरेका थिए।
उनले जस्तो सुकै असहजतामा पनि चुनौतिको सामना गर्ने र जोखिमपूर्ण क्षेत्रका अग्रभागमा रहेका सत्य तथ्य समाचार सामग्रीहरु निरन्तर प्रवाह गर्ने कार्यले पत्रकारिता समाजको सबैभन्दा धेरै बिश्वसनीय क्षेत्रको रुपमा रहँदै आएको तथ्य उजागर भएको बताउदै सकारात्मक रुपमा समाचार सम्प्रेषण हुनु पर्नेमा जोड दिएका थिए ।उनले सबै नागरिकले खोप पाउनुपर्नेमा जोड दिदै कोरोना जोखिम कायमै रहेकोमा आफ्ने समेत सुरक्षामा ध्यान दिदै सत्यतथ्य समाचार प्रवाह गर्न आव्हान गरेका थिए ।उनले आफुलाई स्वयं सेवी संस्था बताउने लायन्स क्लब प्रति लक्षित गर्दै खोप केन्द्रमा स्वयं सेवकको आवश्यक पर्दा समेत उपस्थिति नजनाउनु दुखद रहेको बताएका थिए।
अध्यक्षताको आसन बाट बोल्दै संस्थाकी अध्यक्ष रोजिना बिष्ट (रोज)ले उपस्थित सबैलाई धन्यबाद दिदै कोरोनाजोखिम संक्रमण दर बढ्दै जाँदा समेत ‘रोगको डर नमानी अग्रपङ्तिमा रही जनतालाई सु-सूचित गराउँदै आएका पत्रकारलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताएकी थिइन। उनले अग्रभागमा रहेर पत्रकारिता गरिरहँदा कयौं सञ्चारकर्मीहरु कोरोनाबाट संक्रमित भएका र उक्त महामारीमा पनि पत्रकारिताको गहन जिम्मेवारी निर्वाह गरिरहँदा धेरै जना पत्रकारहरुले ज्यान गुमाएका दिवगंत पत्रकारहरुप्रति श्रदाञ्जली ब्यक्त गर्दै संक्रमीतहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेकी थिइन ।