महानगरीय प्रहरी वृत बौद्धलाई गोकर्णेश्वरका समाजसेवी आनन्द ढकालको सहयोग
कपन अनलाइन
काठमाडौं, श्रावण २७।
गोकर्णेश्वर नगरपालिका वडा नं ८ निवासी समाजसेवी आनन्द ढकालले महानगरीय प्रहरी वृत बौद्धलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन । कोरोना महामारीमा अग्रमोर्चामा रहेर सक्रिय रहेका सुरक्षाकर्मीहरुको योगदानलाई सम्मान गर्दै ढकालले १० प्याकेट मास्क लगायतका सामाग्री प्रहरी बृत्त बौद्धका कार्यालय प्रमुख प्रनाउ ढुण्डीराज न्यौपानेलाई हस्तान्तरण गरेका थिए।
कोभिड-१९ रोकथाम तथा नियन्त्रण र जनताको सुरक्षामा सक्रिय रहेका प्रहरीहरुलाई प्रोत्साहन गरेकोमा प्रहरी वृत बौद्धले धन्यवाद दिदै ढकालको सहयोगका लागि धन्यवाद दिएको थियो।
तपाइँको प्रतिक्रिया ।