बलिउड अभिनेत्री सोनम कपुरलाई पनि स्लाइनफ्लु

बलिउड अभिनेत्री सोनम कपुरलाई स्वाइन फ्लु भएको छ । रुघाखोकी र उच्च ज्वरोपछि शनिबार राजकोर्टको स्टर्लिङ अस्पताल भर्ना भएकी उनलाई स्वाइन फ्लु देखिएको अस्पताल स्रोतले जनाएको छ । रगत परीक्षणपछि प्राप्त रिपोर्टले उनमा स्वाइन फ्लु लागेको पुष्टि भएको हो । सोनम अस्पतालमा डाक्टर चिराग मत्रबद्याको रेखदेमा छिन् । केही समयअघि शारीरिक कमजोरीका कारण उनी मुम्बइको अस्पताल भर्ना भएकी थिइन् ।

sonam_kapoor
सोनम राजकोटले रोयल प्यालेसमा सुरज बडजात्याको पिल्म ‘प्रेम रतन धन पायो’ को सुटिङ गरिरहेको अवस्थामा बिरामी परेकी हुन् । सोनमसँगै उनका फिजिकल ट्रेनरलाई स्वाइनफ्लु देखिएको भारतीय टेलिभिजन आजतकले     जनाइएको छ । अस्पताल स्रोतले सोनममा स्वाइन फ्लु उनकै ट्रेनरबाट सरेको पनि पुष्टि गरेको छ ।

तपाइँको प्रतिक्रिया ।