सभासद कार्यलयको निःशुल्क क्यान्सर शिविर सम्पन्न
कपन अनलाइन\फाल्गुण १७, २०७१
काठमाडौं क्षेत्र नं. ४ का सभासद गगनकुमार थापाको कार्यालयले बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा एक निःशुल्क क्यान्सर शिविरको आयोजना गरेको छ । महिलाहरुको पाठेघर र स्तन क्यान्सरको निःशुल्क परीक्षण गरिएको कार्यक्रममा करिब २०० महिलाहरु सहभागि थिए । जोसेफ हाइस्कूलको प्रांगणमा आयोजित कार्यक्रमलाई स्थानीय संघसंस्थाहरुले सहयोग गरेका थिए ।क्यान्सर परीक्षण कार्यक्रमका लागि नेपाल अर्बुदरोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पतालबाट डाक्टरहरुलगायत अन्य स्वास्थकर्मीहरु आएका थिए । कार्यक्रममा उल्लेख्य सहभागि भएको र सहभागिहरुले उचित परामर्शसहित स्वास्थ्य परीक्षण गरेको कुरा वडा नं. १२ नेपाली कांग्रेश सभापति नारदमणि घिमिरेले कपन अनलाइनलाई बताए ।
तपाइँको प्रतिक्रिया ।