राष्ट्रिय छाला जुत्ता मेलामा २० प्रतिशत छुट

राष्ट्रिय छाला जुत्ता मेलामा २० प्रतिशत छुट

चौथो छाला जुत्ता तथा वस्तु प्रदर्शनीमा अवलोकन कर्ताको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै आयोजकले विभिन्न ब्राण्डका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुमा आईतबार र सोमबार दुई दिनका लागी २० प्रतिशतसम्म छुट दिने भएको छ । यो प्रदर्शनी राजधानीको भृकुटीमण्डपमा बुधबार देखि सुरु भएको हो । प्रदर्शनीको आयोजना नेपाल छाला जुत्ता उत्पादक संघले गरेको हो ।

 

DSC_0027 यस प्रदर्शनीमा शनिबारसम्म करिब ३० हजार जनाले अवलोकन गरेका छन् भने करिब ३ हजार जोर जुत्ता तथा चप्पल बिक्रि भएको मेला संयोजक जिवन नेपालीले बताउनुभयो । यस अवधीमा मेलामा नेपाल सरकारका उच्च पदस्थ कर्मचारी तथा नेता गणले समेत मेला अवलोकन गरेका छन् । मेलामा प्रमुख आकर्षणको रुपमा अपाङ्गता भएका व्यक्तिहरुले लगाउने विशेष खालका जुत्ताहरु समेत प्रदर्शनीमा राखिएको छ । यो मेलामा विशेषत लघु उद्यमीहरुको संलग्नता रहेको तथा घरेलु उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले मेला आयोजना गरिएकोले बिक्रिमा भन्दा प्रदर्शनीमा बढी ध्यान दिईएको संघका महासचिव वासु रोक्काले बताउनुभयो । प्रदर्शनीमा छाला जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरुको ४१ ओटा स्टलहरु रहेका छन् । मेला फागुन १९ गतेसम्म चल्नेछ ।

तपाइँको प्रतिक्रिया ।