तारकेश्वर–२ बसन्तकोलनीमा एक पुरुषले आत्महत्या गरे

तारकेश्वर–२ बसन्तकोलनीमा एक पुरुषले आत्महत्या गरे

कपन अनलाइन

काठमाण्डौ ,साउन २८।

काठमाडौँ तारकेश्वरका एक पुरुषले मंगलवार आफ्नै घरमा आत्महत्या  गरेका छन । तारकेश्वर नगरपालिका वडा नंवर २ बसन्त कोलनीमा बस्दै आएका पुरुषले दोश्रो तलाको बरण्डाको डण्डिमा झुण्डिएर देहत्याग गरेका हुन ।

ककनी नुवाकोटका स्थायी घर भई हाल तारकेश्वर–२ बसन्तकोलनीमा घर बनाई बसेका ४७ वर्षका दिपेन्द्र लामाले देहत्याग गरेको महानगरीय प्रहरी वृत्त बालाजुले बताएको छ ।घटनाको कारणबारे अनुसन्धान भईरहेको बृतले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।