नागढुंगाबाट १५०० एम्पुल लागुऔषध सहित तीनजना पक्राउ

कपन अनलाइन

काठमाण्डौ,साउन २७।

प्रहरी  नागढुंगाबाट १५ सय एम्पुल अबैध लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।

महानगरी प्रभाग नागढुंगाले चनदरागिरि २ मा चेक जाँच गर्ने क्रममा बिरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ४१३२ नम्बरको यात्रु बाहक बसबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी माेहन खाँडका अनुसार उनीहरुको साथबाट प्रहरीले डाइजीपाम ५ सय एम्पुल, नूफिन ५ सय थान र फेनेर्गन ५ सय एम्पुल गरी जम्‍मा १५ सय एम्पुल लागुऔषध बरामद गरेको बताए ।

डिएसपी खाँडकाका अनुसार पक्राउ पर्नेमा पर्सा पकाहा मैनपुर गाउँपालिका-३ का १९ वर्षीय नितेश पटेल रहेका छन्।

पटेललाई सोधपुछका क्रममा बारा कलैया उपमहानगरपालिका-२ घर भइ हाल कीर्तिपुर बस्‍ने १९ वर्षीय रविन्द्र प्रसाद कुर्मी र पर्सा सखुवापर्सौनी गाउँपालिका ३ घर भइ कीर्तिपुर बस्‍दै आएका २० वर्षीय फैयाज अन्सारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।