किर्तिपुरका प्रमुख र उपप्रमुख नेकपा एमालेको संस्थापनमा,नेता सुरेन्द्र मानन्धरलाई झट्का

किर्तिपुरका प्रमुख र उपप्रमुख नेकपा एमालेको संस्थापनमा,नेता सुरेन्द्र मानन्धरलाई झट्का

कपन अनलाइन

काठमाण्डौ ,साउन २६।

कीर्तिपुर नगरपालिकाका प्रमुख  र उप प्रमुख नेकपा  एमालेको संस्थापन पक्षमै फर्किएका छन। काठमाण्डौ क्षेत्र नं १० को महत्वपूर्ण नगरपालिकाका प्रमुख र उपप्रमुख संस्थापन पक्षमा सक्रिय बने संगै नेकपा माधव नेपाल पक्षमा निकै सक्रिय रहेका नेता सुरेन्द्र मानन्धरलाई ठुलै राजनीतिक झट्का लागेको चर्चा अहिले किर्तिपुर नगरपालिकामा चल्न थालेको छ।

२०७४ शालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई तेस्रो स्थानमा सिमित गर्दै निकटतम प्रतिद्वन्दी बनेका मानन्धरको क्षेत्रका प्रभावशाली जनप्रतिनिधिहरु नै संस्थापन पक्षमा लागे पछी क्षेत्रमा अहिले नेकपा एमालेको राजनीतिक समिकरण नै फेरिएको अनुमान गर्न थालिएको छ।

किर्तिपुर नगरपालिका वडा नं ९ को कृष्ण क्याटरिंगमा आयोजना गरिएको संघीय गणतन्त्र नेपालको वर्तमान परिस्थितिमा  जनप्रतिनिधिहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै किर्तिपुर नगरपालिकाका प्रमुख रमेस महर्जन र उपप्रमुख सरस्वती खड्काले  अब एकता अभियानका नाममा अल्मलिन नसक्ने भन्दै एमालेमा क्रियाशील हुने धारणा राखेका थिए  ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला इन्चार्ज  कृष्णगोपाल श्रेष्ठ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसमेत सहभागी कार्यक्रममा प्रमुख  महर्जनले माधव नेपाल समूहले कांग्रेसलाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएपछि आफूहरूले सो  समूहलाई साथ दिन नसक्ने अवस्थामा पुगेको धारणा राख्दै अवका दिनमा संस्थापन पक्षमै सक्रिय रहने बताएका थिए।

 

तपाइँको प्रतिक्रिया ।