कीर्तिपुर ३ मा रहेको ऐतिहासिक लाभापोखरी उद्घाटन
कपन अनलाइन
काठमाडौँ, श्रावण २६ । कीर्तिपुर नगरपालिका वडा नं ३ मा रहेको ऐतिहासिक लाभापोखरी पुननिर्माण सम्पन्न भएको छ । कीर्तिपुरकै गौरबको रुपमा रहेको उक्त पोखरीको पुननिर्माण पश्चात शुक्रबार नगर प्रमुख रमेश महर्जनले उद्घाटन गरेका हन । उद्घाटन गर्दै नगर प्रमुख महर्जनले नगरपालिकामा निर्वाचित भएर आए देखि कीर्तिपुर नगरपालिका भित्र रहेका मौलिक सम्पदा संरक्षणमा लागिरहेको जानकारी गराएका थिए । उनले सो पोखरीको पुननिर्माण संगै पोखरीलाइ आय आर्जन संग जोड्नुपर्ने भन्दै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित हुने गरि व्यवस्थापन गर्न सुझाब दिएका थिए उनले एतिहासिक कीर्तिपुर दरवार पुननिर्माणको लागि टेन्डर आव्हान गरिसकेको जानकारी दिएका थिए । प्रमुख महर्जनले कीर्तिपुरमा धेरै सम्पदा निर्माण र पुननिर्माणका कामहरु द्रुतगरिमा अगाडी बढिरहेको जानकारी गराएका थिए ।
कीर्तिपुर नगरपालिका वडा नं ३ का अध्यक्ष राजेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उप प्रमुख सरस्वती खड्का, वडा नं २ का अध्यक्ष रमेशमान डंगोल वडा नं १ का वडा अध्यक्ष हर्ष महर्जन वडा नं ६ का वडा अध्यक्ष न्हूच्छे बहादुर महर्जन, वडा नं ७ का कार्यवाहक वडा अध्यक्ष महेश्वरी माली वडा नं ९ का वडा अध्यक्ष गंगाराम महर्जन, वडा नं १०का अध्यक्ष अमन महर्जन लगाएत स्थानीयको उपस्थिति रहेको थियो ।
फोटो : नगर सन्देश