के गर्दैछन प्रदेस सभा सदस्य कुसुम कुमार कार्की ?

के गर्दैछन प्रदेस सभा सदस्य कुसुम कुमार कार्की ?

कपन अनलाइन

काठमाण्डौ ,साउन २६।

काठमाण्डौ क्षेत्र नं ४ प्रदेस निर्वाचन क्षेत्र-२ बाट निर्वाचित बनेका प्रदेस सभा सदस्य कुसुम कुमार कार्की के गर्दैछन ? भन्ने प्रश्न अहिले क्षेत्रमा निकै उठेको छ।

नेकपा एमालेमा देखिएको विवाद संगै गठन भएको काठमाण्डौ जिल्लाको समानान्तर कमिटीमा सचिव बनेका कार्की लामो समय देखि सार्वजनिक कार्यक्रम र अभियानमा खासै नदेखिदा उनको खोजी हुन् थालेको हो।

बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा मिलेर बनेको काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट निर्वाचित बनेका कार्कीलाई अहिले के मा व्यस्त हुनुहुन्छ ? भन्ने कपन अनलाइनको प्रश्नमा उनले प्रदेसको पर्यटन नितिको मस्यौदा निर्माणमा व्यस्त रहेको बताएका छन।

बागमती प्रदेसको पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकलाई अन्तिम रुप दिनका लागि जिल्ला जिल्लामा छलफलमा रहेको जानकारी दिदै प्रदेस सभा सदस्य कार्कीले हाल सम्म काठमाण्डौ उपत्यकाका तिन जिल्ला ,नुवाकोट ,काभ्रेपलान्चोक जिल्लाका जिसस प्रमुख,उपप्रमुख र जनप्रतिनिधिहरु संग छलफल गरेर सुझाव लिइएको बताएका छन।

साउन २७ गते सिन्धुली र  ३२ गते चितवनमा सो विधेयकका वारेमा छलफल गर्ने योजना रहेको बताउदै बागमती प्रदेस उद्योग ,पर्यटन तथा वातावरण समिति अन्तर्गतको पर्यटन उपसमितिको संयोजक रहेका कार्कीले जिल्लाको छलफल पश्चात भाद्र ४ गते काठमाण्डौमा सबै छाता संगठन र सरोकारवाला निकायका प्रतिनिधि संग छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन।

बागमती प्रदेशको समृद्धिमा पर्यटन विकासको मुख्य र महत्वपूर्ण भूमिका हुने बताउदै आएका कार्कीले सबै जिल्ला बाट सुझाव संकलन पश्चात समितिको बैठकमा गहन विमर्स गरेर बागमती प्रदेसको पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकलाई प्रदेस सभामा प्रस्तुत गर्ने तयारी गरिएको जानकारी पनि दिएका छन।

त्यस्तै अहिले नेकपा एमालेमा देखिएको विवाद र काठमाण्डौ जिल्लामा भइरहेको पार्टी गतिविधिका वारेमा कपन अनलाइनले राखेको जिज्ञाशामा भने कार्कीले कुनै टिप्पणी गर्न चाहेनन।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।