आजको मौसम पूर्वानुमान : वर्षाको मात्रा बढ्ने सम्भावना

आजको मौसम पूर्वानुमान : वर्षाको मात्रा बढ्ने सम्भावना

कपन अनलाइन

काठमाण्डौ ,साउन २६।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउँदै गरेकाले वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखले जानकारी दिएको छ  ।

‘न्यून चापीय रेखा नेपालतर्फ नजिक हुँदैछ,’ मौसमविद् प्रधानाङ्गले भने, ‘बिहीबारदेखि वर्षाको मात्रा बढ्ने र केही दिन जारी हुने देखिएको छ ।’ यस विषयमा महाशाखाले सोमबार राति ८ बजे विशेष मनसुन बुलेटिन–७ जारी गरेको छ । जसमा भनिएको छ : ‘सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई बिहीबारदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।’

बुलेटिनअनुसार बिहीबार प्रदेश–१, प्रदेश–२, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी÷धेरै भारी वर्षा तथा शुक्रबार र शनिबार प्रदेश–१, प्रदेश–२, बागमती ,गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी÷धेरै भारी वर्षाको सम्भावना छ ।
साउन २६ गते मंगलबार (आज)
दिउँसो–
केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति– केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

तपाइँको प्रतिक्रिया ।