गोकर्णेश्वर नगरपालिकाले खोप केन्द्रको संख्या घटायो

गोकर्णेश्वर नगरपालिकाले खोप केन्द्रको संख्या घटायो

कपन अनलाइन

काठमाडौँ, श्रावण २४ । गोकर्णेश्वर नगरपालिकाले कोभिड -१९ बिरुद्दको खोप केन्द्र परिवर्तन गरिएको बारे सार्वजनिक सुचना जारी गरेको छ ।  नगर प्रमुख सन्तोष चालिसेले जारी गरेको  उक्त सुचनामा २०७८ साल श्रावण २२ देखि नगरपालिका भित्र भेरोसेल खोपको दोस्रो मात्रा ६ वटा खोप केन्द्र बाट दिइदै आएकोमा नगरपालिकालाइ उपलब्ध खोपको सिमितता तथा सेवाग्राहीको चापका आधारमा २०७८ साल श्रावण २४ गते एक दिन मात्र निम्न खोप केन्द्रहरुमा खोप कार्य संचालन हुने तथा अन्य खोप केन्द्र बन्द रहने सार्वजनिक सुचना मार्फत जानकारी गराइएको छ।

आज एक दिन मात्र संचालन हुने खोप केन्द्रहरु

१)  श्री सहयोगी माबी गोकर्णेश्वर ४, गोकर्णे

२)श्री चामुण्डा माबी गोकर्णेश्वर ६  नारायणटार  ।

तपाइँको प्रतिक्रिया ।