पार्टी एकताको सन्देस दिदै नेकपा एमाले त्रिपुरासुन्दरी गाऊँपालीका धादिंगको विस्तारित बैठक सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,साउन २४। हरि बसौला
धादिंग ज़िल्लाका १३ ओटा स्थानीय तह मध्येको एक त्रिपुरासुन्दरी गाउपालिकामा नेकपा एमालेले साउन २३ गते पालिका कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ।
पार्टी संगठनमा कुनै गुटउपगुट नभई पार्टी एक ढिक्का भएको छ भनि पालिका देखी ज़िल्ला, प्रदेश तथा केन्द्र सम्म पार्टी एक छ हुनु पर्छ भन्ने सन्देश दिने उदेस्यले सो बैठक आयोजनो गरिएको हो।
सो विस्तारित बैठकमा बोल्दै ज़िल्ला कमिटी उप-सचिब तथा पालिकाका अध्यक्ष शम्भु कुमार थापाले पार्टी लाई मज़बूत बनाऊँन सबैलाई एक जुट हुन अनुरोध गरेका थिए ।
यसै गरि पालिका पार्टी अध्यक्ष बाबुकृष्ण श्रेष्ठ र ज़िल्ला कमिटी सदस्य उमेश थापा सहित सिंगो कमिटीले एक जुट भई पार्टीको सिद्धान्त जबज हुने पार्टीको सूर्य चिन्ह जहां हामी पालिका कमिटी सम्पूर्ण त्यहि हुने कुरामा जोड दिएका थिए।
त्यस्तै उक्त कार्यक्रममा नेपाल राष्ट्रीय शिक्षक संगठन धादिंगका अध्यक्ष ठान प्रसाद बसौलाले जबज मार्ग निर्देशक सिद्धांतलाई भूल्न नहुने क़ुरामा जोड़ दिएका थिए ।
सो बैठकले पार्टी संस्थापन पक्षको हरेक निर्देशनलाई पालना गर्दै भाद्र १० गते भित्र सम्म वडा कमिटी गठन तथा सदस्यता नवीकरण प्रक्रियालाई पूर्णता दिने निर्णय पनि गरेको थियो ।
कमिटीका सचिब कमल थापाले संचालन गरेको बैठकमा जिल्ला सदस्य गोपी पाण्डे, चतुर बहादुर बि.क ,पदम कुमार श्रेष्ठ , तथा लोकेन्द्र कुमार थापाको समेतको उपस्थिति रहेको थियो।