संवैधानिक परिषदको बैठक बाट , प्राइभेट लिमिटेड शैलीमा आज अख्तियार भागबण्डा गरिँदै

काठमाडौ, १५ फागुन । संवैधानिक परिषदको बैठक आज पनि बस्दैछ ।लोकसेवा आयोगमा रिक्त पदमा हिजो नियुक्तिको सिफारिस गरेपछि आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पदाधिकारीमा सिफारिस हुनेछ ।
लोकसेवा आयोगको अध्यक्षमा उमेश मैनालीको नाम सिफारिस गरिएको छ भने बाँकी ६ जना सदस्यको नाम पठाइएको छ । प्राइभेट लिमिटेड शैलीमा राजनीतिक भागवण्डाको आधारमा लोकसेवामा नाम चयन गरिएको छ ।
sambaidhanik-parishad
आज अख्तियार दुरुपयोग र निर्वाचन आयोगमा पदाधिकारीको नाम सिफारिस गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । रोष्टरमा आएका नामहरुबाट सिफारिस हुने र सर्वसम्मत गरिने दलहरुले बताएका छन् । बैठक साँझ ५ बजे बोलाइएको छ ।

तपाइँको प्रतिक्रिया ।