एक फुटबलप्रेमी कसरि बनेआतंककारी

एक फुटबलप्रेमी कसरि बनेआतंककारी

संसारभर आतंकको पर्याय बनेको चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएसआई) का जेहादी जनको पहिचान सार्वजनिक भएको छ।
आइएसका तर्फबाट हत्या गरिएका भिडियोहरुमा बन्धकको घाँटी रेट्दै गरेको अवस्थामा देखिने मुकुन्डोधारी मोहम्मद एमवाजी रहेको खुलासा भएको हो । जसका बाल्यकाल बेलायतको पश्चिमी लण्डनमा बितेको थियो । २७ वर्षीय एमवाजीको पहिचान मात्र होइन उनको बाल्यकालका तस्वीरहरुसमेत सार्वजनिक भएका छन् ।

jehadi-jhon
बेलायती पत्रिका डेली मेलका अनुसार बाल्यकालका कुनै अन्य बालकजस्तै देखिने जेहादी जन यति खुंखार निस्कने छन् भन्ने कसैले सोचेका थिएनन् । समाचारअनुसार जेहादी जनको बाल्यकालमा अन्य बालकजस्तै भिडियो गेम खेल्नुका साथै मार्शल आर्टसको अभ्यास पनि गर्दथे ।
पश्चिमी लण्डनको क्वीन्स पार्क निवासी जेहादी जनका छिमेकीहरुका अनुसार उनी निकै शान्त स्वभावका सभ्य युवक थिए । चर्च अफ इंग्ल्याण्ड स्कुलमा अध्ययन गरेका जन आफ्नो कक्षामा एक मात्र मुस्लिम छात्र थिए । उनमा इस्लामभन्दा पनि साथीहरुसँग फुटबल खेल्न मन पराउँथे । उनी म्यानचेस्टर युनाइटेडका समर्थक थिए ।
jehadi-jhon1
पप ग्रुप क्लब–७ का प्रशंसक जेहादी जनले त्यतिबेला भनेका थिए–म पनि फुटबल टिमको हिस्सा बन्नेछु र गोल गर्नेछु । जेहादी जनको जुन तस्वीर सार्वजनिक भएको छ, त्यसमा उनी साथीहरुसँग समूहमा बसेर मुस्कुराइरहेका देखिएका छन् ।
कुवेतमा जन्मेका एमवाजी आफ्नो परिवारका साथ ६ वर्षकै उमेरमा सन् १९९३ मा बेलायत आएका थिए । उनी बेलायतकै जीवनशैलीमा हुर्के बढेका थिए । उनी आमाबाबुका साथ मस्जिद जाने गर्दथे अरबी बोल्थे तर उनको पहिरन सधैं पश्चिमा हुने गर्दथ्यो ।

कुनै समय उनीसँग चर्च अफ इंग्ल्याण्ड स्कुलमा अध्ययन गरेका उनका एक साथीले भने–उनी हाम्रो कक्षामा एक मात्र मुस्लिम विद्यार्थी थिए । एकपटक हामी आरई लेख्न सिकिरहेका थियौ, त्यही बेला उ पनि उठ्यो र आफ्नो धमको कुरा गर्न लाग्यो । उनले अरबी भाषामा बोर्डमा केही लेख्यो । हामीलाई त्यसबारेमा बुझायो । उसले धर्मसँग सम्बन्धित केही लेख देखायो र भन्न थाल्यो कि उसको धर्म कसका लागि हो । उ ८÷९ वर्षकै उमेरमा उपवास बस्थ्यो ।
प्राथमिक तहको अध्ययन पूरा गरेपछि सन् १९९९ मा मोहम्मद एमवाजी सेन्ट जन वुडको क्युनिटिन क्यास्टन कम्युनिटि एकेडेमीमा पढ्न गए ।

अमेरिकासहित पश्चिमा मुलुकका लागि टाउको दुखाईको विषय बनेका जेहादी जनले कम्प्युटर प्रोग्रामिक अध्ययन गरेका छन् । उनले वेस्टमिन्स्टर युनिभर्सिटीबाट कम्प्युटर प्रोग्रामिङमा डिग्री लिएका छन् । उनले आइएसआइएसमा सहभागी हुनुभन्दा अघि नै सिरियातर्फ झुकाव बढाएका थिए । उनी खिताब–अल–मुहाजिरिन (माइग्रेट्स ब्रिगेड) मा सहभागी ७०० विदेशी लडाकुमा संलग्न थिए ।jihadi_2

पहिलोपटक अमेरिकी पत्रकार जेम्स फोलीको हत्या गरेको भिडियोमा देखिएका जेहाजी जनको सम्बन्ध बेलायतसँग हुन सक्ने आशंका यसअघि नै गरिएको थियो । भिडियोमा राष्ट्रपति बाराक ओबामा र पश्चिमा देशहरुलाई सम्बोधन गर्दै देखिएका जनको अंग्रेजी बेलायती शैलीको थियो । त्यतिबेलै उनको बाल्यकाल बेलायतमा बितेको आशंका गरिएको थियो ।
अमेरिकी गुप्तचर विभाग एफबीआईले सेप्टेम्बरमै आफूले जेहादी जनका विषयमा जानकारी प्राप्त गरेको दावी गरेको थियो । स्कटल्याण्ड यार्डले पनि सुरक्षाका कारण उनको पहिचान खुलाउन अस्वीकार गरेको थियो । एजेन्सी

तपाइँको प्रतिक्रिया ।